राजु गिरीको निर्देशनमा निर्माण हुने फिल्म ‘नम्बरी सुन’ मा अभिनेत्री नम्रता सापकोटा अनुबन्धित भएकी छन् । शुक्रवार निर्देशक गिरी र निर्माता नारायण खातीले उनीसँग कागजी सम्झौता गरेका हुन् । फिल्ममा अभिनेता आमेश भण्डारीसँग नम्रताको जोडी बाँधिनेछ । उनीहरुले पहिलो पटक एकसाथ काम गर्न लागेका हुन् । नम्रताले स्क्रिप्ट र चरित्र राम्रो लागेपछि फिल्म साइन गरेको बताइन् ।

आमेश र नम्रतासँगै राजाराम पौडेल, सरोज खनाल, स्मृति वलीको पनि अभिनय रहने फिल्मका लागि अन्य केही कलाकार चाँडै छनोट गरिने निर्देशक गिरीले बताए । फिल्मको आगामी माघ २० गतेबाट छायांकन सुरु हुनेछ ।

७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथामा निर्माण हुने बताइएको फिल्ममा निर्माता खातीकै कथा तथा गीत लेखन रहेको छ भने सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ । ‘नम्बरी सुन’ बाट राजेन्द्र खड्गीले लामो समयपछि द्वन्द्व निर्देशनमा कमब्याक गर्दैछन् । लमजुङ, हेटौंडा र काठमाडौँमा चलचित्रको छायांकन हुनेछ ।

For More videos Log on to Mazzako TV