‘लाखे’ को जापान राइट्स ‘गरिमा फिल्मस्’ लाई
गत शुक्रबारबाट नेपालमा प्रदर्शनमा आएको फिल्म ‘लाखे’ को जापान प्रदर्शन राइट्स ‘गरिमा फिल्मस् प्रा.लि. ले खरिद गरेको छ । जापानको प्रदर्शन अधिकार हामीले लिएको ‘गरिमा फिल्मस् प्रा.लि. का गोविन्द भट्टले बताए ।

सम्राट बस्नेत निर्देशित फिल्ममा सस्पेन्स, थ्रीलर, एक्शन तथा सेन्टिमेन्टसको समीश्रण छ । फिल्ममा सौगात मल्ल, अनुप बिक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्वा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी, कालु राना, सुगन तण्डुकार र बाल कलाकार सिस्टम भण्डारी मुख्य भूमिकामा छन् ।

सिजन अर्यालको कथा र निर्माण रहेको फिल्मको निर्मातामा डिपी भण्डारी र गणेश मल्ल ठकुरी (जिएम) छन् । हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्म सुजन प्रजापतिले खिचेका हुन् भने कोरियोग्राफी कविराज गहतराजको छ । निर्देशक सम्राटकै द्धन्द्ध निर्देशन रहेको फिल्मका गीतमा दीपक बज्राचार्य र हर्कुलस बस्नेतको संगीत छ । ‘लाखे’ अर्जुन जिसीले सम्पादन गरेका हुन् ।
For More videos Log on to Mazzako TV