‘नम्बरी सुन’ मा गायक राजेशपायल राईको स्वर
राजु गिरीको निर्देशनमा निर्माण हुने फिल्म ‘नम्बरी सुन’ मा गायक राजेश पायल राईले स्वर दिएका छन् । संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको गीतलाई नारायण खातीले लेखेका हुन् ।

फिल्मको अभिनेता आमेष भण्डारी अनुबन्धित भैसकेका छन् । निर्देशक गिरी ‘नम्बरी सुन’ झण्डै ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथामा निर्माण गर्न लागेको बताउँछन् । मंसीर ७ गतेबाट फ्लोरमा जाने फिल्मबाट लामो समयपछि द्धन्द्व निर्देशक राजेन्द्र खड्गी कमव्याक गर्दैछन् । फिल्मका लागि अन्य कलाकार छनोटको चरणमा रहेकको निर्माण टिमले जनाएको छ ।
सुवर्ण शिभान्स फिल्मसको ब्यानरमा निर्माण हुने फिल्मको प्रस्तुतकर्ता, निर्माता, कथा र गीत नारायण खातीको रहनेछ । फिल्ममा सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन, रामजी लामिछाने कोरियोग्राफी, निर्माता खातीको गीत रचना, शान्तिश्री परियार, राजेसपायल राई लगायतका गायक तथा गायिकाको स्वर रहनेछ । लमजुङको भुजुङ्ग खोला, हेटौंडा, काठमाडौँका विभिन्न ठाउँमा सिनेमाको छायाङ्कन गरिने छ
For More videos Log on to Mazzako TV