प्रदीप भट्टराई निर्देशित फिल्म ‘महापुरूष’को ‘बेमौसामी’ बोलको गीत सार्वजनिक भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ‘महापुरूष’ को गीत सार्वजनिक भएको हो । राम अविरल बिष्टको शब्द रचना तथा एसडी योगीको संगीत रहेको छ । गीतमा संगीतकार योगीलाई स्वरमा रेश्मा पुन साथ दिएकी छिन् । सार्वजनिक गीतको भिडियोलाई विवेक रसाईलीले निर्देशन गरेका हुन् ।

गीतमा हरिवंश आचार्य, गौरी मल्ल, अरुण, अन्जना प्रस्तुत छन् ।फिल्म आउँदो कार्तिक ११ गतेबाट प्रदर्शन आउदै छ ।
सामाजिक विषयवस्तुमा आधारित फिल्ममा मदनकृष्ण र हरिवंशसँगै गौरी मल्ल , अरुण क्षेत्री, अन्जना बराइली,रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे,लगायतको अभिनय छ ।

फिल्ममा प्रदीप भट्टराईको लेखनसँगै निर्देशन रहेको छ । ‘महापुरूष’ मा समाजले मान्छेलाई महापुरूष बनाउने स्थितिलाई व्यंग गरिने छ । निर्देशक भट्टराईले जात्रा, शत्रुगते र जात्रै जात्रामार्फत आफूलाई निर्देशनमा स्थापित गरिसकेका छन् । उनले डेब्यु फिल्म ‘जात्रा’ देखि नै दर्शकको विश्वास जिते । शत्रुगते बाहेक जात्रा सिरिजलाई समीक्षकले पनि रुचाए ।

षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् । फिल्ममा दीपक बज्राचार्यको छायांकन, मित्र डी. गुरुङको सम्पादन रहेको छ । यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा फिल्ममा डेब्यु गर्दै छन् । चार गीत रहने फिल्मका चारै गीत नवराज पराजुलीले लेखेको र संगीत ऋदम कँडेलको रहेको छ। फिल्मको पार्श्व ध्वनिमा रोहित शाक्य / शैलेश श्रेष्ठ, ध्वनि संयोजनमा किशोर आचार्य, रंग संयोजनमा जुनिम गहतराज र रहेका छन् ।

For More videos Log on to Mazzako TV