लोकप्रिय गायक राजेश पायल राई बेलाबेलामा बिभिन्न बिषयमा आफ्नो धारणा राखिरहेका हुन्छन् । उनले अहिले भैरहेको ‘प्रेमगीत ३’ विवादमा पनि आफ्नो बिचार राखेका छन् । ‘राई इज किंग’ ले आफ्नो सामाजिक संजाल फेसबुकमा ‘नेपालीमा त हेर्ने नै भएँ, हिन्दी भाषाको पनि हेर्छु । कोही छ मलाई राष्ट्रघाती भन्ने ?’ भन्दै स्टाटस राखेका हुन् ।

प्रेमगीत ३ टीम हिन्दी भाषाको फिल्मलाई नेपाली भाषा सरह सुविधा माग गरिरहेका छन् । चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसी बिवादमा मुछिएका छन् । यो विवादलाई लिएर सेलिब्रिटी पक्ष र विपक्षमा आफ्ना मत राखिएका छन् । गायक राजेश पायल राई अहिले ‘द भ्वाइस अफ नेपाल सिजन ४’ मा ब्यस्त रहेका छन् ।

For More videos Log on to Mazzako TV