‘बाबरी’ को ‘मायाका रंगहरु’ मा धिरज नाड्कर र अदिती रोमान्टिक
आगामी असोज १४ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शन हुने फिल्म ‘बाबरी’ रोमान्टिक गीत सार्वजनिक भएको छ । गायक सनुप पौडेल र गायिका रचना रिमालको स्वरमा ‘मायाका रंगहरु’ बोलको गीत सार्वजनिक गरिएको हो ।
कालीप्रसाद बाँस्कोटाको शब्द संगीत रहेको गीतको बिहिबार केन्द्र मोसन पिक्चर्स युटुब च्यानलमा रिलिज भएको हो ।
भिडियोमा धिरज नाड्कर र अदिती बुढाथोकी फिचर्ड छन् । त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । फिल्म फिल्ममा धिरज मगर, धिरज नाड्कर, अदिती बुढाथोकी बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला गुरुङ, दीलिप गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ ।
बाबरी फिल्मको प्रस्तुती र सुष्मा प्रोडक्सनको व्यानरमा निर्माण भएको फिल्मको निर्माता गणेश बुढाथोकी पुष्पालता बुढाथोकी हुन् । सुष्मा गुरुङ सह–निर्माता रहेको फिल्मको कथा निर्देशक पौडेलले नै लेखका हुन् । फिल्ममा काली प्रसाद बास्कोटा, सुजन चापागाई र अनमोल गुरुङको संगीत र एञ्जिला खत्री र विक्रम लामाको कोरियोग्राफी रहेको छ ।
फिल्मको पटकथा तथा संवाद रित सिंह बोहोरा, सिजन दाहाल, मनोज त्रिपाठी र किशोर नेपालले मिलेर लेखेका हुन् । फिल्मलाई । नरेन्द्र मैनालीले छायांकन गरेका हुन्।
For More videos Log on to Mazzako TV