डिजिटल वालेट खल्तीको मुख्य प्रायोजन तथा मिम नेपालको आयोजनामा  अल नेपाल  स्टेण्ड अफ कमेडी टुर कलेज तिर ”  हुने भएको छ ।
भदौ ११ देखि सुरु हुने उक्त टुर बिर्तामोड हुँदै बिराटनगर , भरतपुर , हेटौंडा , पोखरा, बुटवल हुँदै काठमाडौका विभिन्न कलेजहरुमा हुने  जानकारी टुर संयोजक सरोज लम्सालले जानकारी दिए ।
टुरमा  कमेडी च्याम्पियन बिजेता हिमेस पन्त, झापाली कमेडियन भनेर चर्चित सरोज भन्डारी,  डोरेस खतिवडा ,सुजन जिम्बा  लगायतका कमेडियन हरु हरुले दर्शकहरु लाई हसाउने छन ।

यसरी कमेडी टुर पहिलो पटक हुन लागेको र यो टुरमा दर्शकहरुको  उत्साहजनक सहभागीता हुने छ  भन्ने आशा आयोजक मिम नेपालका मनोज सापकोटाले लिएका छन ।
कमेडी च्याम्पियन जिते पछि आफ्नो पहिलो टुर भएको हुनाले  आफू पनि निकै उत्साही भएको हिमेस पन्तले बताए ।
 मोफसलका दर्शकहरुले यसरी स्टान्डअप कमेडी खासै हेर्न नपाउने हुनाले यो टुर ले आफ्ना दर्शक जस्ले यु टुब मार्फत आफुलाई हेर्ने गर्थे उनिहरु लाई प्रत्यक्ष अगाडि बसेर हसाउन आफू पनि रोमान्चित भएको सरोजले बताए ।
दर्शकहरु ले ४ जना फरक कमेडी गर्ने कमेडियन  हरु को प्रस्तुती हेर्न पाउने हुनाले दर्शकहरु लाई रमाइलो हुने जानकारी डोरेसले दिए साथै सबै प्रायोजक र आयोजकलाई पनि धन्यवाद दिए ।
अर्का कमेडियन  सुजन जिम्बाले पनि  सबै लाई रमाइलो गराउदै    आफ्ना कलेजका तिता मिठा अनुभव सुनाउने योजना रहेको बताए ।
    मोफसलमा पनि विशेष गरि कलेजका विद्यार्थीहरु को लागि भएको ले टिकर दर पनि सस्तो बनाएको आयोजकले जानकारी दिएका छ्न साथै दर्शकहरुले भरपुर मनोरन्जन लिने कुरामा पनि आयोजक बिस्वस्त छन ।

For More videos Log on to Mazzako TV