लामो समयदेखी शिक्षा क्षेत्रमा आबद्द ऐजुकेशन एण्ड माइग्रेसन कर्नरले बृहत शैक्षिक मेला २०२२ को आयोजना गर्ने भएको छ । मेला अगस्ट २९ तारेखका दिन सोमबार काठमाण्डौं पुतली सडक स्थिति शंकरदेब कलेजसंगै रहेको कर्नरको केन्द्रीय कार्यालयमा हुने जानकारी दिइएको छ । मेला बिहान १० बजेदेखी साँझ ५ बजेसम्म आयोजना हुने भएको छ -‘ हामीले यो मेलामा बिदेशमा गएर उच्चशिक्षा हांसिल गर्न चाहने बिध्यार्थीहरूको सहजता र जानकारीका लागि आयोजना गरेका हौं – संस्थाका नितेश उप्रेतीले जानकारी गराए ।

मेलामा सहभागि हुन आउंनु भएका बिध्यार्थीहरूले मेलाबाट अष्ट्रेलिया, क्यानडा , अमेरिका र बेलायतमा गएर बिभिन्न बिषयमा अध्ययन गर्नका लागि चाहिने भरपूर ज्ञान र जानकारी पाउंन सक्ने कुरा संस्थाका प्रमुख सुनिल उप्रेतीले दिए । मेलामा यस सस्थाकी ब्राण्ड ऐम्बेष्डर एबं नेपाली सिनेमाकी चर्चित नायिका उपासना सिंह ठकुरीको पनि सहभागिता रहने छ । यसैबीच उपासनाले पनि मेलामा जमघट भएर शिक्षा र चलचित्र क्षेत्रको बारेमा बिध्यार्थीहरूसंग भलाकुसारी गर्ने भएकी छन -‘ आउनुस , मसंग भएको जानकारी म दिने छु ।

तपाईंहरूसंग भएको जानकारी तपाईहरू दिनुहोस । संगै भेटौ र भलाकुसारी गरौं -‘ उपासनाले भनेकी छन । मेला आयोजना भएकै दिन उपस्थित भएर सहभागिता जनाउंने बिध्यार्थीहरूलाई सस्थाले आई एल एस र पिटीइ अध्यनका लागि पचास प्रतिशत छुट दिने निर्णय पनि गरेको छ । शैक्षिक मेलाका दिन बिभिन्न देशहरूमा रहेका कलेज तथा बिश्व बिध्यालयबाट बिधार्थीहरूले पाउंने छात्रबृतिका बारेमा पनि सस्थाले परामर्श दिने भएको छ । मेलामा बिध्यार्थीहरूका लागि बिभिन्न आकर्षक उपहारको ब्यबस्था पनि गरिएको छ ।Enter

For More videos Log on to Mazzako TV