यहि असोज ७ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शनमा हुने बहुप्रतिक्षीत फिल्म ‘प्रेमगीत ३’ का ४ हिन्दी गीतहरु सार्वजनिक भएका छन् । सोमवार निर्माण टिमले भारतको जी म्यूजिक कम्पनीको यूट्युब च्यानलबाटसार्वजनिक गरेको हो । गीतमा भारतका विश्व प्रख्यात गायक–गायिकाहरुले स्वर दिएका छन् ।

‘कोई न कोई नाता हैं’ बोलको पहिलो हिन्दी गीतमा भारतका पार्श्व गायक जुबिन नौटियालको स्वर छ । पवनदीप राजनको कम्पोज रहेको गीतमा सुभाष कालेको शब्द रचना छ । दोस्रो गीत ‘जहान भी जाओ आई सनम’मा पार्श्व गायक राहत फतेह अली खानको स्वर सुन्न सकिन्छ । देव राजको कम्पोज रहेको गीतमा हरि शंकर सूफीको शब्द रचना छ ।

तेस्रो गीत ‘तुम प्यार हो’ मा पलक मुच्छल र अंकित तिवारीको युगल स्वर रहेको छ भने असलम कीको कम्पोज र कुमारको शब्द रचना छ । त्यस्तै, चौंथो रोमान्टिक गीत ‘मुझ में बस जाना’मा पलक मुच्छल र देव नेगीको युगल स्वर छ । गीतमा कल्याण सिंहको कम्पोज छ भने ए एम तुराजको शब्द रचना छ ।

स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेको चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्रीलगायतका कलाकारहरुको अभिनय रहेको छ । ‘प्रेमगीत ३’बाट क्रिस्टिनाले डेब्यू गरेकी छन् । चलचित्रलाई राजेश श्रेष्ठले छायांकन गरेका हुन् ।

For More videos Log on to Mazzako TV