अभिनेता आकाश श्रेष्ठ, पूजा शर्मा र सोनम तोप्देनको मुख्य भुमिका रहेको फिल्म ‘सम्हालिन्छ कहिले मन’ को शिर्ष गीत रिलिज गरिएको छ । सुदर्शन थापा निर्देशित फिल्मको सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीत रिलिज गरिएको हो । सुगम पोख्रेललाई लोकप्रिय बनाएको ‘सम्हालिन्छ कहिले मन’ गीतको शिर्षकबाटै फिल्म निर्माण भएको हो ।

करिब १० बर्ष अघिको यो गीतमा जेम्स प्रधानको संगीत रहेको छ । सुयेश भट्टराईको शब्द रचना र सुगम पोखरेलको स्वर छ ।

निर्माण भएको उक्त गीतलाई नै शिर्ष गीतको रुपमा सार्वजनिक गरिएको हो । गीतको भिडियोमा पूजा शर्मा, आकाश श्रेष्ठ, सोनम तोप्देन प्रस्तुत छन् । त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्ममा सोनमले पूजालाई, पूजाले आकाशलाई पछ्याईरहेको देख्न सकिन्छ ।

महेश दवाडीको लेखन रहेको चलचित्रमा पूजा, आकाश र सोनमसंगै सरोज खनाल, गौरी मल्ल र धिरेन शाक्य लगाउतको अभिनय छ ।

संजय लामाले खिचेको चलचित्रमा अर्जुन पोखरेल÷ताराप्रकाश लिम्बु÷जेम्स प्रधानको संगीत, कविराज गहतराजको कोरियोग्राफी र अर्जुन जिसीको सम्पादन छ ।

एबी इन्टरनेशनलको प्रस्तुति रहेको सिनेमामा अमित बस्नेत, अजित केआर थापा र परी रानाको लगानी छ । सिनेमा भदौ १७ देखि अलनेपाल प्रदर्शनमा आउदैछ ।

For More videos Log on to Mazzako TV