बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत ३’ को हिन्दी र नेपाली टिजर सार्वजनिक गरिएको छ । फिल्म यहि असोज ७ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शन हुने छ ।

लगभग एक मिनेट लामो टिजरले ध्यान तानेको छ । टिजर एक्सनले भरिएको छ । टिजरमा प्रदीप खड्का एक्सन अवतारमा प्रस्तुत छन् । राजपरिवारमा जन्मिएको प्रेम (प्रदीप खड्का) लाई गीत (क्रिष्टिना गुरुङ) र राजगद्दीमध्ये एउटा रोज्नुपर्ने बाध्यतालाई टिजरमा देखाइएको छ ।

यूट्युबमा फिल्मको हिन्दी डब टिजर आशुसेन फिल्मस्को यूट्युब च्यानलबाट सार्वजनिक भएको छ भने नेपाली टिजर ओएसआर डिजिटलको यूट्युब च्यानलमा हेर्न सकिन्छ ।

स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेको फिल्ममा प्रदीप र क्रिष्टिनाका अलावा अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, शिव श्रेष्ठ, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्रीलगायतका कलाकारहरुको अभिनय छ ।

‘प्रेमगीत ३’बाट क्रिस्टिना गुरुङले अभिनेत्रीको रुपमा डेब्यू गरेकी छन् । सन्तोष सेनले चलचित्रको निर्माण गरेका हुन् । ‘प्रेमगीत ३’ को भारत प्रदर्शनलाई चलचित्र क्षेत्रकै गौरवका रुपमा हेरिएको छ ।

For More videos Log on to Mazzako TV