आर्यन सिग्देलको नयाँ फिल्म ‘सायरा’
अभिनेता आर्यन सिग्देलले भर्खरै जन्मदिन मनाएका छन् । शनिवार उनले बर्थ डे सेलिब्रेट गरे । बर्थ डे सेलिब्रेट गरेसँगै उनको हातमा फिल्म आएको छ । आर्यनले आईतबार नयाँ फिल्म साईन गरेका छन् । सिनेमाको नाम राखिएको छ ‘सायरा’ ।
सायरा सिनेमाको निर्माण कम्पनी डिबी आर मिडिया र आर्यन सिग्देल बीच सिनेमालाई लिएर एग्रीमेन्ट भएको छ । आर्यनका लागि यसपालीको जन्मदिन बिशेस नै भएको छ । जीवनमा नयाँ बसन्तमा पाईला राखेसँगै नयाँ सिनेमामा पनि उनी अनुबन्धित भएका छन् । पछिल्लो समय सिनेमामा कम म्युजिक भिडियोमा बढी देखिदै आएका आर्यनका लागि फिल्म ‘सायरा’ कत्तिको लक्की हुने हो हेर्न बाँकी छ ।

पछिल्लो समय आर्यन चलचित्र ‘च च हुई’ मा देखिएका थिए । त्यस्तै गरेर लकडाउनको समयमा उनले ‘डिसेम्बर फ्ल्स’, ‘मिरर’ र निर्देशक मधुसुदन भट्टराईको एक अनटाइटल फिल्म साइन गरेका थिए । ‘डिसेम्बर फ्ल्स’को केही प्रतिशत छायांकन पूरा भएर अड्किएको छ भने ‘मिरर’ र मधुसुदनको फिल्म बन्नेनबन्ने टुंगो छैन । यो अवस्थामा ‘सायरा’ ले उनलाई ठूलो राहत दिएको छ । सायराको सहारा अर्यानलाई अनि आर्यनको भरपुर मेहनत यो सिनेमालाई । आर्यनले पुरानै क्रेज फेरिपनि फर्काउनु छ सिने नगरीमा ।
लभ स्टोरी जनरामा निर्माण हुन लागेको यो सिनेमा सामाजिक कथाबस्तुमा आधारित छ । सिनेमाको क्यारेक्टरले आफुलाई लोभ्याएकाले सिनेमा गरेको भनेर आर्यनले जानकारी गराएका छन् । यो सिनेमाको अधिकांश छायांकन बिदेशमा हुने बताईएको छ । लगभग ९० प्रतिशत जति छायांकन अष्ट्रेलियाको सिड्नी र मेलबर्नमा हुनेछ भने बाँकी १० प्रतिशत जति छायांकन नेपालमा गरिने भनेर निर्माण टिमले जानकारी गराएको छ ।
सिनेमाको छायंकन दशै तिहार आसपासमा हुनेछ । यो सिनेमालाई डिबीआर मिडियाको ब्यानरमा बनाउन लागिएको हो । सिनेमाको निर्मातामा रघु परियार रहेका छन् भने निर्देशक भारतीय हुनेछन् यो सिनेमामा । निर्देशक भने निर्माण टिमले केही दिनमा सार्वजनिक गर्ने बताएको छ ।
चलचित्र सायराको छायांकन आगामी असोजबाट गरिने भनेर बताईएको छ । सिनेमाका अन्य कलाकारहरु को को रहनेछन् भन्ने बारेमा भने निर्माण टिमले अहिलेनै केही बताएको छैन । केही नायिकाहरुसँग सिनेमाको लागि कुरा भईरहेको छ । फाईनल हुने बित्तिकै जानकारी गराईनेछ ।