मल्टिस्टार फिल्म ‘लाखे’ को प्रदर्शन मिति हेरफेर भएको छ । भदौको ३१ गतेलाई प्रदर्शनको तयारी गरिएको फिल्म अब कार्तिकको ११ गते प्रदर्शन गरिने निर्माण टीमले जानकारी दिएको छ ।

फिल्म ‘लाखे’ अब तिहार लगतै रिलिज हुनेछ । सम्राट बस्नेतको निर्देशनमा तयार भएको यो फिल्ममा सौगात मल्ल, अर्पण थापा, आर्यन अधिकारी, अनुप विक्रम शाही, बर्षा राउत, सुशिल सिटौला, प्रशान्त ताम्राकार लगायतका कलाकारको अभिनय छ ।

योसँगै भदौको ३१ गतेबाट नै रिलिज हुने अर्को फिल्म ‘बाबरी’ लाई राहत मिल्ले देखिएको छ । सुरेन्द्र पौडेल निर्देशित यो फिल्ममा धिरज मगर र अदिती वुढाथोकी मुख्य भूमिकामा छन् ।

For More videos Log on to Mazzako TV