‘प्रकाश’ ले आफ्नो भविष्य बताउने– प्रदिप खड्का
अभिनेता प्रदिप खड्काले फिल्म ‘प्रकाश’ ले आफ्नो भविष्यको प्रेडिक्सन गरेको बताए । फिल्मको प्रचारको क्रममा बुटबल पुगेका प्रदिपले संचारकर्मीसंग कुरा गर्दै यस्तो बताएका हुन् । फिल्म भाद्र १० गतेबाट सार्वजनिक प्रदर्शनमा आउँने छ ।
देशमा दशौं वर्ष शशस्त्र जनयुद्ध भएको र त्यसको बलमा ब्यवस्थानै परिवर्तन भएको भएपनि उक्त ब्यवस्थाका केही कमजोरीहरुले अर्को बिद्रोह ल्याउन सक्छ भन्ने कुरा फिल्ममा दोखाइएको प्रदिपको भनाई छ । उनले फिल्मले सामाजिक विषय उठान गरेको भएपनि ब्यवसायिक फिल्म बनेको बताए ।
यता फिल्मकी अभिनेत्री दिया मास्केले आफ्ना लागि प्रकाशको पात्र निकै टफ रहेको जनाएकी छिन । अहिले सम्म प्रायः चुनौतिपूर्ण भूमिकामै काम गरेको भएपनि प्रकाशको पात्र आफ्ना लागि निकै चुनौतिपूर्ण रहेको उनको भनाई छ । आफुले फिल्म युनिट जानु अघि नै जुम्ला पुगेर त्यहाँको रहनसहन र भाषा तथा लवज सिकेको उनले बताइन । काठमाडौंमै जुम्लाको भाषा र लवज सिकेको भएपनि आफु युनिट भन्दा दुई हप्ता अघि देखि जुम्ला पुगेर त्यहाँको रहन सहन र बोलिचालि थप सिकेको उनले जनाएकी छिन । आफुले फिल्मले निभाएको पात्रको सपना नै उसको पविारको सपना भएको उनको भनाई छ । त्याग, सहनशिलता, धैर्यता, जिम्मेवारी के हो त्यो सिताको पात्रले बुझाउने उनले जनाइन ।
यस्तै अर्की अभिनेत्री रेणु योगीले प्रकाश आफ्ना लागि अर्थपूर्ण रहेको जनाएकी छिन । यसै फिल्मबाट ठुलो पर्दामा डेब्यु गरेकी रेणुले जुम्लाको एक युवतिको भूमिकामा काम गरेकी छिन । फिल्मका लागि आफुले पनि त्यहाँको भाषा सिक्ने देखि रहन सहन, हिड्ने बोल्ने सबै तरिका सिकेको बताइन ।
दिनेश राउतको निर्देशन रहेको फिल्ममा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ ।फिल्मले शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथा भनेको छ । मुख्य पात्रका माध्यमबाट बर्गिय विभेदको कुरा पनि उठाइएको छ ।
बिकास सुबेदीको लेखन रहेको फिल्ममा राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । महेन्द्र अधिकारी निर्माता रहेको फिल्मलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।
For More videos Log on to Mazzako TV