अभिनेता सौगात मल्ल र अभिनेत्री श्रृष्टी श्रेष्ठको मुख्य भुमिका रहेको फिल्म ‘माइकल अधिकारी’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार राजधानीको गोपिकृष्ण हलमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा श्रृष्टीलाई गर्भवती आमाको भूमिकामा देखाइएको छ । फिल्ममा श्रृष्टीको श्रीमानको भूमिकामा सौगात छन् । भदौ ३ गतेबाट यो फिल्म नेपालसँगै विश्वका विभिन्न देशमा रिलिज हुनेछ ।

सेरोगेसीको कथालाई रमाइलो तरिकाले प्रस्तुत गरिएको यो फिल्मलाई गोपिकृष्ण मुभिजको ब्यानरमा उद्धव पौडेलको प्रस्तुति र निरक पौडेलको लगानीमा तयार पारिएको छ । फिल्ममा आशान्त शर्मा, लुनिभा तुलाधर, ऐनी कुँवर लगायतका कलाकारको अभिनय छ । रञ्जित रौनियारको कथा तथा निर्देशनमा यो फिल्म तयार भएको हो ।

फिल्ममा शैलेश कँडेल क्षेत्रीको पटकथा तथा संवाद, मित्र डी गुरुङको सम्पादन, शम्भुजित बास्कोटा र रेभन सिंहको संगीत, कमल राई र कविराज गहतराजको कोरियोग्राफी छ ।

For More videos Log on to Mazzako TV