निर्देशक समुन्द्र भट्टको निर्देशनमा नयाँ फिल्म निर्माण हुने भएको छ । भट्टले फिल्म ‘गुलाबी’ को निर्माण घोषण गरेकी हुन् । ‘दि स्काई ओमन इन्टरटेन्मेन्ट’ को ब्यानरमा बन्न लागेको यो फिल्मको स्क्रिप्टको काम सकिएको निर्माणपक्षले बताएको छ । यसैविच, फिल्ममा नायक नाजिर हुसेनलाई अनुवन्धित गरिएको छ । नाजिर बाहेक अन्य कलाकारको टुंगो लाग्न बाँकी रहेको र अन्य कलाकारको अडिसनबाट टुंगो लाग्ने वुझिएको छ ।

यो फिल्मका लागि नाजिरले १५ केजी तौल घटाउनुपर्नेछ । यो फिल्ममा नाजिरलाई ५० केजी पात्रको भूमिकामा देखाउन लागिएको छ । आलोक शुक्लाको छायांकन रहने फिल्मलाई भदौको अन्तिमबाट फ्लोरमा लैजाने योजना निर्माणपक्षको छ । समुन्द्रले यसअघि ‘आधा पेज’ नामक फिल्मको निर्देशन गरेकी थिइन् ।

For More videos Log on to Mazzako TV