छायांकनको लागि साम्राज्ञीसंगै गरिमा, कबीर र निश्चल लण्डन उडे
घनश्याम लामिछानेको निर्देशन रहने फिल्म ‘लण्डन टु पेरिस’ छायांकनको लागि मुख्य कलाकारहरु बेलायत उडेका छन् । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र गरिमा शर्मा, कबीर खड्का र निश्चल खड्का बेलायत उडेका हुन् ।त्रिभुवन विमानस्थलमा मिडियासँग कुरा गर्दै साम्राज्ञी, गरिमा र दुई नायकले सुटिङलाई लिएर आफूहरु उत्साहित भएको बताए ।
लण्डनका तीन सहरमा छायांकन हुने फिल्मको लागि निर्देशक घनश्याम लामिछानेको टोली भने अहिले लण्डनमै छ । लण्डन, म्यानचेस्टर र वेल्समा छायांकन हुनेछ । यही फिल्मबाट डेब्यु गर्न लागेकी गरिमाले आफू वर्कसपको बेला नर्भस भएपनि आत्मविश्वास जगाउन साम्राज्ञीले सघाएको बताइन् ।
भ्रमण प्रेमकथामा आधारित यो फिल्म बेलायतदेखि फ्रान्ससम्म नै छायांकन गर्ने तयारी छ । प्रदीप भारद्वाज लिखित यो फिल्मलाई एबी इन्टरनेसनलले निर्माण गर्न लागेको हो ।
For More videos Log on to Mazzako TV