‘प्रकाश’ मा प्रदीप र रेनुको यस्तो लुक्स
यहि भाद्र १० गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्म ‘प्रकाश’को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा डेव्यु अभिनेत्री रेनु योगीलाई अभिनेता प्रदीप खड्कासँग हातमा किताव बोकेर स्कुल जाँदै गरेको अबस्थामा देख्न सकिन्छ । यस्तै अभिनेता खड्काले हातमा लठ्ठी गोजीमा किताब हालेर हिँडिरहेका छन् ।
जुम्लाको परिवेशमा खिचिएको फिल्म ‘प्रकाश’ले व्यवस्था परिवर्तन भए पनि अझै बिभिन्न तह र सेक्टरमा अवस्था परिवर्तन भएको छैन । मुख्य पात्रका माध्यमबाट अझै पनि विचार परिवर्तन हुन नसकेको अवस्था देखाउन खोजिएको फिल्मको सार्वजनिक प्रचार सामाग्री मार्फत बुझ्न सकिन्छ । फिल्मले शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथा भनेको छ । मुख्य पात्रका माध्यमबाट बर्गिय विभेदको कुरा पनि उठाइएको निर्देशक दिनेश राउत बताउँछन् ।
प्रकाशबाट नेपाली फिल्ममा डेव्यु गरेकी रेनुले यसअघि थुप्रै नाटकमा समेत अभिनय गरेकी छन् । नाटकबाट आफुले सिकेको ज्ञानलाई आफुले यो फिल्ममा प्रयोग गरेको बताउँछिन् । दिनेश राउतको निर्देशन रहेको फिल्ममा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ ।
बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको फिल्ममा बिकास सुबेदीको लेखन, राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । महेन्द्र अधिकारी निर्माता रहेको फिल्मलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।
For More videos Log on to Mazzako TV