अभिनेता सौगात मल्ल र अभिनेत्री श्रृष्टी श्रेष्ठ स्टारर फिल्म ‘माइकल अधिकारी’ को फस्टलुक पोस्टर सार्वजनिक गर्दै रिलिज मिति फाइनल गरिएको छ । फिल्मको पोष्टरमा सौगात र श्रृष्टीको बिचमा बच्चा र पैसा देखिएको छ । फिल्म भदौको ३ गतेबाट रिलिज हुँदैछ ।

फिल्मले आर्थिक अवस्था कमजोर भएपछि पैसाका लागि भाडामा कोख बेच्ने एक महिलाको कथा भन्छ । रन्जित रौनियारको निर्देशित फिल्मले आत्मियता, भावनात्मक सम्बन्धलाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ ।

उद्धव पौडेलको प्रस्तुति रहेको फिल्ममा सौगात र श्रृष्टीको साथमा अशान्त शर्मा, ऐनी कुँवर, हेमन्त वुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दिलिप बोहरा लगायतको अभिनय छ । यो फिल्मको छायांकन इलाम र झापामा गरिएको हो ।

For More videos Log on to Mazzako TV