फिल्म ‘म’ साउन २० मा प्रदर्शन हुने
फिल्म ‘म’ साउन २० मा प्रदर्शनमा आउने भएको छ । कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुती रहेको चलचित्रलाई सुवर्ण थापाले निर्देशन गरेका हुन् । साउन २० मा अर्को फिल्म ‘आधीँ तुफान’ पनि प्रदर्शनमा आउँदैछ ।

फिल्म ‘म’ मा निराजन प्रधान, निशा अधिकारी, सबिन श्रेष्ठ, रुबिना थापा, नरेन खड्का, सरिता लामिछाने, सरोज खनाल, संजोग रसाईली, पुनम श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय छ । अभिनेत्री निशा यही फिल्ममार्फत आधा दशकपछि अभिनयमा फर्किँएकी छिन् । प्रकाश पुरीको कथा एवं पटकथा रहेको चलचित्रको निर्मातामा विमला हुमागाईँ र पदम पुरी छन् । तेन्जिन पाल्देनको छायाँकन रहेको फिल्मलाई बनिश शाहले सम्पादन गरेका हुन् ।
आगामी शनिबार फिल्मको टिजर सार्वजनिक गर्ने निर्माण यूनिटको तयारी छ । सुवर्ण थापाको निर्देशन रहेको अर्को फिल्म ‘राधा’ भदौं १० मा प्रदर्शन हुँदैछ ।
For More videos Log on to Mazzako TV







