‘बाबरी रंग’ मा धिरज र अदिती रोमान्टिक
फिल्म‘बाबरी’ को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको गीत रिलिज गरिएको हो । ‘बाबरी रंग’ बोलको गीतमा अभिनेत्री अदिती बुढाथोकी र धिरज मगरलाई फिचर्ड गरिएको छ ।
सार्वजनिक गीतमा निर्देशक अनमोल गुरुङको शब्द, संगीत तथा स्वर सुन्न सकिन्छ । गीत गायनमा अस्मिता अधिकारीले संगीतमार गुरुङलाई साथ दिएकी छन् । गीतको अडियो तथा भिडियो क्वालिटी उच्च देखिन्छ । सार्वजनिक गीतमा विक्रम लामा र एञ्जिला खत्रीको कोरियोग्राफी हेर्न पाइन्छ । सिनेमाको सार्वजनिक गीतले दर्शकको मन जित्नेमा निर्माण टिम विश्वस्त देखिन्छ ।
गीत रिलिज कार्यक्रममा उपस्थित भएर निर्माता संघका अध्यक्ष आकाश अधिकारी र अभिनेता भुवन केसीले बाबरीलाई सफलताको शुभकामना दिए । गीत रिलिज कार्यक्रममा बोल्दै ‘बाबरी’को टिजरले दर्शकको मन जितेकाले पनि गीतबाट धेरै अपेक्षा राखेको अभिनेत्री अदिती बुढाथोकीले बताइन् । फिल्ममुख्य अभिनेता धिरजले पनि सिनेमाको कथा मन परेकै कारण अन्तिम समयमा आएर आफुले ‘बाबरी’मा काम गर्न सहमत भएको बताए ।

त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्मलाई सुरेन्द्र पौडेलको निर्देशन गरेका हुन् । फिल्मआगामी भाद्र ३१ गतेबाट नेपालभरका फिल्मघरमा रिलिज हुनेछ । फिल्मामा बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दीलिप गुरुङ लगायतका कलाकारको पनि अभिनय रहेको छ ।
बाबरी फिल्मको प्रस्तुती र सुष्मा प्रोडक्सनको सहकार्यमा निर्माण भएको फिल्मको निर्माता गणेश बुढाथोकी पुष्पालता बुढाथोकी हुन् । सुष्मा गुरुङ सह(निर्माता रहेको फिल्मको कथा निर्देशक पौडेलले नै लेखका हुन् । सिनेमामा काली प्रसाद बास्कोटा, सुजन चापागाई र अनमोल गरुङको संगीत र एञ्जिला खत्री र विक्रम लामाको कोरियोग्राफी रहेको छ ।
फिल्मको पटकथा तथा संवाद रित सिंह बोहोरा, सिजन दाहाल, मनोज त्रिपाठी र किशोर नेपालले मिलेर लेखेका हुन् । सिनेमाको काठमाडौं, झापा, मोरङ र उत्तरी सिक्किमका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको छ । नरेन्द्र मैनालीको छायांकन रहेको फिल्मका मुख्य सहायक निर्देशक रित सिंह बोहरा हुन् ।फिल्मको भिएफ एक्स गुडरेज पिक्चर्सले गरेको हो ।








