प्रदीपको ‘प्रकाश’ को विदेश राइटस्लाई मंहगो मुल्य
अभिनेता प्रदीप खड्का अभिनित फिल्म ‘प्रकाश’ को विदेश राइटस् मंहगो मुल्यमा बिक्रि भएको छ । दिनेश राउत निर्देशित फिल्मकोे अष्ट्रेलिया, क्यानडा, अमेरिका र यूरोपमा महंगो मूल्यमा विदेश अधिकार बिक्री भएको हो । आगामी भदौ १० गतेबाट ‘प्रकाश’ सार्वजनिक प्रदर्शनको तयारीमा रहेको छ ।
निर्देशक राउतले केही समयअघि सार्वजनिक फिल्मको टिजरप्रति दर्शकको सकारात्मक प्रतिक्रिया आएपछि विदेशका लागि मात्र फिल्मकोे प्रदर्शन अधिकार बिक्री गरिएको बताए । निर्देशक राउतले भने –‘नेपालमा फिल्म रिलिज भएकै मितिमा यी देशमा पनि रिलिज हुनेछ ।’

फिल्मले एक युवाले शिक्षक बन्न गर्ने संघर्षको कथा प्रस्तुत गरेको छ । बिकास सुबेदीको लेखन रहेको फिल्मले जनयुद्धमा सहभागी बेपत्ता योद्धाको परिवारको फिल्ममा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको अभिनय रहेको छ ।
बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको फिल्ममा राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । महेन्द्र अधिकारीको लगानी रहेको फिल्मलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।








