बक्सअफिसमा असफल सावित भएको सिनेमा ‘डाँडाको बरपीपल’ युट्बमा रिलिज भएको छ । हलमा दर्शकको माया पाउन नसकेको सिनेमाले युट्युबमा भने राम्रो दर्शक बटुलेको छ । सिनेमा हाल युट्युव ट्रेण्डिङको शिर्ष स्थानमा छ । युट्युबको कमेन्ट बक्समा दर्शकले सिनेमा निकै राम्रो बनेको भन्दै तारिफको ओइरो लगाएका छन् । विशेष गरी मुख्य अभिनेता सलोन बस्नेत र रुविना थापाको तारिफ दर्शकले गरेका छन् ।

सिनेमालाई शोभित बस्नेतले निर्देशन गरेका हुन् । बुढासुब्बा डिजिटलले पहिलो पटक आफ्नै लगानीमा सिनेमा निर्माण गरेको थियो । सिनेमामा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, सुइन्जा सुनाम लगायतको पनि अभिनय छ ।

नवराज गिरीको लगानी रहेको सिनेमालाई सुशान्त प्रजापतिले खिचेका हुन् । राम जि राउतको मुख्य सहायक निर्देशन रहेको छ ‘डाँडाको बरपीपल’ युट्युबमा सार्वजनिक भएर दर्शकले राम्रो प्रतिक्रिया दिएपछि निर्माण टिमले डाँडाको बरपीपल २ घोषणा गरिएको छ । ‘डाँडाको बरपीपल २’ सोभित बस्नेतले निर्देशन गर्ने भएका छ्न निर्माण भन्ने कस्ले गर्ने चाँही केही खुलाइएको छैन् ।

For More videos Log on to Mazzako TV