अनुप बरालको निर्देशनमा निर्माण भएको फिल्म ‘दोख’ को टिजर सार्वजनिक गरिएको छ । असार २४ गतेबाट अल नेपाल सार्वजनिक प्रदर्शनमा आउने फिल्मको टिजर सार्वजनिक गरिएको हो । निर्देशक बरालका अनुसार माओवादी द्वन्द कालखण्डमा सामुदायिक बनको मुद्धालाई लिएर दुई वटा गाउँबीचको किचलोको कथा फिल्म ‘दोख’ मा प्रस्तुत गरिएको छ ।

कथाले नेपाली दर्शकको मन छुनेमा निर्माण टिम विश्वस्त देखिएको छ । राजन कठेत लिखित ‘दोख’ मा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, सुरज मल्ल, साजन थापा मगर लगायतका कलाकारहरुको अभिनय छ ।

शैलेन्द्र डी. कार्कीको छायांकन रहेको चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् । सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको चलचित्रमा भीम न्यौपाने, ओम गुरुङ, रञ्जु वाग्ले थापा कार्यकारी निर्माताको रुपमा छन् ।

चलचित्रको एसोसियट निर्माताको रुपमा सन्तोष पाठक, धर्म अधिकारी, प्रविन पाठक, सुमिता आचार्य, दिपक खनाल, युबराज भट्टराई रहेका छन् । चलचित्रको वितरणको जिम्मा काठमाडौँमा जिजिए ग्रुप, डिसीएन र काठमाडौँ बाहिर एफडी कम्पनीले लिएको छ ।

For More videos Log on to Mazzako TV