‘प्रेम गीत ३’ भारतमा ‘विश्वजितम’ नामबाट रिलिज हुँदै
नायक प्रदीप खड्का र नवनायिका क्रिस्टिना गुरुङ स्टारर बहुप्रतिक्षित फिल्म ‘प्रेम गीत–३’ नेपालसँगै भारतमा पनि एकसाथ रिलिज हुने भएको छ । असोज ७ गते फिल्म नेपाल सँगै भारतमा पनि रिलिज हुने भएको हो l फिल्म भारतमा ‘विश्वजितम’का नामबाट रिलिज हुनेछ ।

निर्देशक तथा निर्माता सन्तोष सेनले उक्त खबरको जानकारी गराएका हुन् l फिल्म कोभिड संक्रमणको महामारी अगाडि नै निर्माण सम्पन्न भएको थियो । तर, लकडाउनका कारण चलचित्र रिलिज हुन सकेको थिएन ।

स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापालगायतको अभिनय रहेको छ ।निर्माता सन्तोष र छेतान गुरुङको संयुक्त निर्देशनमा तयार भएको फिल्ममा प्रदीप खड्का,क्रिस्टिना गुरुङ,शिव श्रेष्ठ माओत्से गुरुङ लगायत कलाकारहरूको अभिनय रहेको छ ।
लामो समयदेखि ‘प्रेमगीत ३’लाई कुन नाममा भारतमा प्रदर्शन गर्ने भन्नेमा वितरक कम्पनी र निर्माण टिम अन्योलमा थियो । अन्ततः फिल्मको हिन्दी नाम जुरेको छ । ‘विश्वजीतम्’ नाममा फिल्म भारतमा प्रदर्शनमा हुने जानकारी निर्माता सेनले फेसबुकमार्फत् दिएका छन् । उनले इन्डियन मोसन पिक्चर प्रोडुसर्स एसोसियसनमा फिल्मको नाम दर्ता भएको पत्र पनि सार्वजनिक गरेका छन् ।
सेनले चाँडै ‘विश्वजीतम्’ नामसहितको पोस्टर र भारतका लागि प्रदर्शन मिति घोषणा गरिने जानकारी पनि दिएका छन् । नेपालमा भने ‘प्रेमगीत ३’ आगामी असोज ७ गते प्रदर्शनमा आउँदैछ ।
For More videos Log on to Mazzako TV







