‘शमशेर’ बाट मनिष राउत निर्देशनमा डेव्यु गर्दै
छायांकनको तयारीमा रहेको फिल्म ‘शमशेर’ बाट अभिनेता मनिष राउतले निर्देशनमा डेव्यु गर्ने भएका छन् । उनि फिल्मको मूख्य भूमिकामा अभिनय गर्ने तयारी छ । यता फिल्मको निर्माण युनिटले अभिनेता सुनित थापालाई पनि भित्र्याएको छ ।
ओस्कार कलेजबाट फिल्म निर्माणमा ब्याचलर गरेका मनिष अहिले एभरेष्ट फिल्म एकेडेमीमा प्रशिक्षकको रुपमा काम गरिरकेका छन् । ‘शमशेर’को स्कृप्ट राम्रो भएकाले पनि आफुले निर्देशनमा डेव्यु गर्न लागेका अभिनेता राउतले बताए । हाल फिल्म लागि अभिनेत्री छनोट कार्य भैरहेको छ ।

अभिनेत्री छनोट भएसँगै वर्कसप गरेर छायांकन सुरु गरिने अभिनेता राउतले बताए । फिल्ममा प्रकाश शाह, गौरव पहारी, हिमेश पन्त, सुमन गौतम, दिपक कोइराला, सुमन थापा, सबिन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिस पराजुली लगायतका कलाकारको पनि अभिनय रहनेछ । एक्सन जनरामा निर्माण गरिने फिल्ममा एभरेष्ट फिल्म एकेडेमी र डी आर डेनिमको लगानी रहनेछ ।
फिल्मको छायांकन काठमाडौँ, दुबई, सोलुखुम्बु र ढोरपाटनमा गरिनेछ । सीबड्र्स इन्टरटेनमेन्ट र धिरज प्रोडक्सनको सहकार्य रहने सिनेमामा राकेश दाहाल पोस्टर डिजाइनरका रुपमा रहेका छन् । सिनेमाका गीतमा अर्जुन पोखरेलको संगीत भर्नेछन् ।








