फिल्म ‘अभिन्न’ को गीत ‘मान्छे’ बोलको गीत सार्वजनिक भएको छ । साहित्यकार लैनसिंह वाङ्देलको लोकप्रिय उपन्यास ‘लङ्गडाको साथी’ मा आधारित फिल्म ‘अभिन्न’ निर्माण गरिएको हो । सार्वजनिक गीतमा कार्म फिचर्ड छन् । गीतमा रञ्जित गजमेरको संगीत, राजीव सुनारको स्वर र प्रशान्त रसाइलीको शब्द छ ।

भारतको दार्जिलिङमा छायांकन गरिएको फिल्मले दार्जिलिङ बजारमा डुलिरहने एक अपांग व्यक्तिले भोग्नुपरेको कारुणिक कथा र उसको सहयोगी कुकुरको चरित्रलाई देखाएको छ ।

डा. विभाकर शाक्य निर्माता रहेको फिल्ममा युमी र शरण केसी, मार्सिआ रोडेरिओ र ब्राड वाइयीलेण्ड, अनामिका र सुधीर बास्तोला तथा सलिना शाक्य सह–निर्माता छन् । आदित्य सेञ्चुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्देशक प्रशान्त रसाइली हुन् ।

For More videos Log on to Mazzako TV