अभिनेता प्रदीप खड्का अभिनित फिल्म ‘प्रकाश’ को टिजर सार्वजनिक गरिएको छ । टिजरमा अभिनेता प्रदीप र अभिनेत्री दीया मास्केलाई प्रस्तुत गरिएको छ । कर्णालीको लुक्समा तयार पारिएको टिजरमा प्रदीप र दीया सशक्त भूमिकामा देखिएका छन् । फिल्ममा उनीहरु आमा छोराको भूमिकामा छन् ।

दिनेश राउतको निर्देशन रहेको फिल्मले एक युवाले शिक्षक बन्न गर्ने संघर्षको कथा प्रस्तुत गरेको छ । विकास सुवेदीको लेखन रहेको फिल्मको टिजरले जनयुद्धमा सहभागी बेपत्ता योद्धाको परिवारको कथा देखाएको बुझ्न सकिन्छ । जहाँ आमा र छोराको इमोशन प्रस्तुत गरिएको छ । टिजरको पृष्ठभूमिमा बज्ने कर्णालिको लोक भाकाले त्यहाँको परिवेशसँग नजिक बनाएको छ । आगामी भाद्र १० गतेबाट प्रदर्शनमा आउने फिल्मको यसअघि फष्टलुक पोष्टर सार्वजनिक गरिएको थियो । पोष्टर सार्वजनिक भएसँगै ‘प्रकाश’ले दर्शकमाझ कौतुहलता पैदा गर्न सफल भएको थियो ।

जुम्लामा छायाँकन भएको फिल्मले त्यहाँको परिवेशलाई टिपेको छ । फिल्ममा प्रदिप र दियाका अलवा राजन खतिवडा, प्रकाश घिमिरे, रेनु योगी लगायतका कलाकारको समेत अभिनय रहेको छ ।

बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको फिल्ममा राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । महेन्द्र अधिकारीको लगानी रहेको फिल्मलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् । फिल्मको डिजिटल राइट्स डिएआर मुभिजले खरिद गरेको छ ।

For More videos Log on to Mazzako TV