‘आँखा’ निर्माण हुने :अस्मिता, निशा, विजय लगायतको अभिनय
जौन योन्जनको निर्देशन रहने फिल्म ‘आँखा’ को निर्माण घोषणा भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ‘आँखा’ को औपचारिक घोषणा गरिएको हो । जौन योन्जनको निर्देशन, कथा, पटकथा रहने फिल्ममा आरके मेहता, अस्मिता लामिछाने, निशा अधिकारी, बुद्धि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन अतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा, रेनुका कार्की, अभय बराल, सरोज लामिछाने, मोहन अभिलाशी मुख्य भुमिकामा रहनेछन् ।

कार्यक्रममा बोल्दै निर्देशक योन्जनले ’आँखा’ ले कुनै व्यक्तिदेखि समाजसम्मकै वास्तविकता देख्ने भन्दै नेपाली समाजको एक पाटोको यथार्थता यो फिल्मले बोल्ने बताए । नेपाली फिल्ममा हराउँदै गएको पर्फमिङ आर्टलाई यो फिल्मले फर्काउने विश्वास उनको छ ।
अभिनेत्री निशा अधिकारीले पछिल्लो वर्ष आफुले नयाँ भिजन र क्रियशन भएका मेकरहरुसँग काम गर्न पाएको भन्दै ’आँखा’ पनि त्यसैको निरन्तरता रहेको बताइन् । निशाले एउटा भेटमै स्कृप्ट चित्त बुझेपछि यो फिल्म गर्न तयार भएको भन्दै मेहनती टिम रहेकोले फिल्म राम्रो बन्नेमा आशा व्यक्त गरिन् ।

अर्की अभिनेत्री अस्मिता लामिछानेले ’१२ सत्ताइस’, ’म राजेश हमाल’देखि ’आँखा’ सम्म विश्वास गरेर आफुलाई स्थान दिएकोमा निर्माण टिमलाई धन्यवाद दिँदै सम्पुर्ण इनर्जी यो फिल्ममा खर्चिने बताइन् ।

आलोश शुक्लाले छायांकन गर्ने फिल्ममा संगीत दिपक आरजेको रहनेछ भने द्वन्द्व रेवन्तविक्रम थापाको रहनेछ । करण साउद कला निर्देशक रहेको फिल्ममा सन्तोष मल्ल मुख्य सहायक निर्देशक रहँदा ध्रुब कार्की, अम्विका नेपाली र सञ्जय भाल सहायक निर्देशकमा छन् । सुवाससिंह ठकुरी प्रोडक्सन डिजाइनर छन् । अर्को वर्ष २०८० मा प्रदर्सन लक्ष्य राखिएको फिल्मलाई आर आर फिल्मस् ले वितरणको जिम्माल लिइसकेको छ । ढाका टोपी फिल्मस्, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा यो फिल्म बन्नेछ ।
For More videos Log on to Mazzako TV







