राज बहादुर साने निर्देशित सिनेमा ‘सिल्ली फो’को गीत सार्वजनिक गरिएको छ । ‘ए दिल तँ बोल बोल’ डान्सिङ नम्बरमा लोक गायक पुरुषोत्तम न्यौपानेको संगीत तथा दिनेश सुवेदीको शब्द रचना रहेको गीतमा रचना रिमाल र संगीतकार न्यौपानेको स्वर छ ।

सार्वजनिक गीतको भिडियोमा अभिनेत्री केकी अधिकारी, धिरेन शाक्य, रविन्द्र झा, राजाराम पौडेल र दिनेश रेग्मीलाई फिचर्ड गरिएको छ । सिनेमा आगामी असार ३१ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुँदैछ । सिनेमामा रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापा, पुर्णचन्द्र पोखरेल (मामाजी), अनिता श्रेष्ठ, सरस्वती रम्जाली मगर, रेजिना थापा, राज गौतम (केशव), अम्बर बहादुर विष्ट(सागर), सौजन बोहोरा जयमन बिश्वकर्माको अभिनय रहेको छ ।

मनोज डिके निर्माता रहेको सिनेमामा विशाल श्रेष्ठ सह–निर्माता छन् । सिनेमामा दिव्य सुवेदी, वीरेन्द्र परियार, नरेन्द्र आलेको, छायांकन, देव महर्जनको द्वन्द्व, शिव विकको कोरियोग्राफी, पुरुषोत्तम न्यौपानेको संगीत, तारा थापा ‘किम्भे’को सम्पादन, अनन्त घिमिरेको कलर, मदन बास्तोलाको भीएफएक्स, साहिल खानको ट्रेलर,। वितरणको जिम्मा श्रीराम बालाजी फिल्मसले लिएको सिनेमाको डिजिटल राइट्स साइराम पिक्चर्सले किनेको छ ।

For More videos Log on to Mazzako TV