सौगात र सलोनको ‘घनचक्कर’ को ट्रेलर सार्वजनिक
अभिनेता सौगात मल्ल र सलोन बस्नेतको मुख्य भूमिका रहेको फिल्म ‘घनचक्कर’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा युवा पुस्ताको प्रेम र पैसाको मोहलाई प्रस्तुत गरिएको छ ।
फिल्म ‘घनचक्कर’ मा सौगात र सलोनका अलवा शिशिर भण्डारी, आशान्त शर्मा, कृष्णभक्त महर्जन, प्रभन भूषाल, जनक घर्तीमगर र दामोदर पौडेल लगायत कलाकारहरुको अभिनय छ । हरि भट्ट सुर्यनाथ प्रस्तुतकर्ता रहेको यो फिल्ममा करुना अर्याल र संगम भट्टको संयुक्त लगानी छ । भट्ट एण्ड सन्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई जितेन्द्र राजोपाध्यायले निर्देशन गरेका हुन् ।

फिल्ममा अनुपम द्धिवेदी, अनुप जंग खड्का र सन्तोष सेढाई सह निर्माताको रुपमा रहेका छन् । सुसन प्रजापति खिचेको सिनेमामा अर्जुन सिंहको कथा, काजि लिम्बुको पटकथा तथा संवाद, अष्ट महर्जनको द्धन्द्व निर्देशन, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, विपिन आचार्य, देव कोइमी र बिजेन श्रेष्ठको संगीत र मित्र डि गुरुङको सम्पादन रहेको छ ।








