मदन घिमिरेले निर्देशित फिल्म ‘आँधी तुफान २’ को पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरिएको छ । आगामी श्रावण २० गतेलाई रिलिज मिति तोक्दै पोस्टरमा फिल्मका मुख्य कलाकारहरु प्रस्तुत गरिएको छ । सस्पेन्स थ्रिलर र लेडिज एक्शन भएको फिल्म‘आँधी तुफान २’ ले नारी शक्तिको कथा बोल्छ । फिल्मका निर्माता तथा लेखक मौनता श्रेष्ठ हुन् । । २०६३ सालमा रिलिज भएको सुपरहिट फिल्म ‘आँधी तुफान’ को सिक्वेल रुपमा ‘आँधी तुफान २’ निर्माण भएको हो ।

ओम साई भक्त मुभि प्रालीको ब्यानरमा निर्माण भएको फिल्ममा रवी गिरी, पुस्कर राउत, संचीत भण्डारी, आरती आचार्य, सोनी बिसी, याङ्शु श्रेष्ठ, विन्दीया ठकुरी, रुपा केसी, ऋचा थापा, चक्र राई, संजय खतिवडा, कनिज कोइराला, सपना श्रेष्ठ, राजु घिमिरे, शत्रुधन अन्सारी, जोया बुढाथोकी, मुकेश कपाली, योचिना खड्गी, अची श्रेष्ठ, सुदीप आचार्य र बालकलाकार अरुण कालिराजको अभिनय रहेको छ ।

फिल्ममा लेखक मौनता श्रेष्ठको कथा, पटकथा तथा संवाद, रामशरण उपे्रतीको छायांकन, कमल राई र अभि वाग्लेको कोरियोग्राफी, सुरेश अधिकारी र विक्रम थापाको संगीत, हरी उपे्रती र दीपेन्द्र खड्काको गीत रचना, प्रेम चुल्ठेको द्धन्द्व निर्देशन, सुवानी मोक्तान, विनुसा राई र अर्चन लिम्बुको स्वर र मन्दिल श्रेष्ठको सम्पादन रहेको छ ।

आरआर फिल्मस्ले नेपालभर वितरण गर्ने सिनोमामा सुनयमान श्रेष्ठको डविङ तथा मिक्सिङ, सुन्दर श्रेष्ठको पोस्टर डिजाइन, रवी केसीको मेकअप, सम्राट थापाको पाश्र्व संगीत, मुख्य सहायक निर्देशक जीवन गौतम रहेका छन् ।

For More videos Log on to Mazzako TV