रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी ः द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य कलाकार दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ र विजय बराल छाएका छन् । ट्रेलर हेर्दा मज्जा आउँछ ।

बाँसुरी फिल्मस् र सुष्मा प्रोडक्सको प्रस्तुति रहेको फिल्ममा कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारी लगायतका कलाकारको पनि अभिनय छ ।

फिल्ममा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, अनुपम शर्माको संगीत, रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन छ । फिल्मका निर्माता विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार र मणिराम पोखरेल हुन् ।

For More videos Log on to Mazzako TV