फिल्म ‘लाइफ इन एलए’ को ट्रेलर सार्वजनिक भएको छ । आउँदो जेठ ६ गतेबाट प्रदर्शन हुने फिल्मको बुधवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर रिलिज गरिएको हो । सार्वजनिक ट्रेलरबाट प्रेम, बिछोड र ग्रिनकार्ड पाउन गर्ने संघर्षलाई फिल्ममा देखाइएको बुझ्न सकिन्छ ।

सुर्य एन श्रेष्ठको डेब्यू निर्देशित फिल्ममा ब्यास बिस्सु, आकेशा बिष्ट र शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकका साथै अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको पनि अभिनये छ । अमेरिकामा ७० प्रतिशत र नेपालमा ३० प्रतिशत छायांकन भएको फिल्मलाई ब्यास बिस्सु आफैंले निर्माण गरेका हुन् ।

दीपक वली एसोसियट निर्देशक रहेको फिल्ममा एलिस कार्की र प्रतिक पौडेलको संगीत र प्रताप दास र कविता श्रेष्ठ स्वर छ । ब्यास इन्टरटेनमेन्टले प्रस्तुत गरेको फिल्मको कार्यकारी निर्मातामा संसार अन्जान सुवेदी छन् भने निर्मातामा राजेन्द्र ठकुराथी छन् । भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको संयुक्त सम्पादन रहेको फिल्ममा कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी छ ।

For More videos Log on to Mazzako TV