‘परस्त्री’ को छायांकन सकियो
फिल्म ‘परस्त्री’ को छायांकन समापन भएको छ । सुरज पाण्डे निर्देशित फिल्म ४० दिनमा इन्डल्याप भएको निर्माता तथा लेखक दीपेन्द्र के. खनालले बताए । फिल्मको ७-८ दिन मुस्ताङमा त्यसपछि काठमाडौंमा छायांकन गरिएको हो । फिल्म कात्तिक ६ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शन हुनेछ ।

फिल्मलाई दीपेन्द्रले फिल्मको कथा लेखेका हुन् । फिल्मको छायांकन अवधिभर उनी सेटमै थिए । सुरजले यही फिल्मबाट निर्देशनमा डेब्यू गरेका हुन् । दीपेन्द्रले फिल्म ‘लभ लभ लभ’ बाट उनलाई नायकको रुपमा डेब्यू गराएका थिए । सुरजको कामबाट आफू सन्तुष्ट रहेको दीपेन्द्रको भनाई छ ।
डिएस डिजिटलको व्यानरमा निर्माण भएको फिल्मकी निर्मात्री शर्मिला पाण्डे हुन् । सुरज, उनकै छोरा हुन् । फिल्ममा कोशिश क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा लगायतका कलाकारहरु मुख्य भूमिकामा छन् । निरज पाण्डेले फिल्मको खिचेका हुन् । थ्रिलर जनरामा निर्माण भएको फिल्मले एक विवाहित पुरुषको अफेयरको कथा वाचन गर्ने बताइएको छ ।








