नयाँबर्षको अवसरमा आजबाट ललितपुरस्थित झम्सीखेलको बिग मार्ट अगाडि ‘आसन लाउन्च एण्ड बार’ सञ्चालनमा आएको छ । करिब १ करोडभन्दा बढी लगानीमा आजबाट अभिनेता सलोन बस्नेत र उनका साथी रबिन कँडेलले बार सञ्चालनमा ल्याएका हुन् ।

हरेक दिन लाइभ म्यूजिक हुनेछ बारमा ‘सफिक हप ब्यान्ड’ले गीत गाउने छन, ब्यान्डको ‘वकिङ फिलिली’ बोलको गीत चर्चामा छ । बारमा इन्डियन, चाईनिज, कन्टिनेन्टल सबै प्रकारका खानेकुरा पाइने अभिनेता सलोनले बताए ।

‘हाम्रोमा मिटिङ हल, सभा हलसँगै पार्किङ्ग सुविधा पनि छ । यहाँ १ सय ५० जनासम्मले आरामदायी सुविधासहित सेवा पाउनुहुनेछ’, सलोनले भने । सलोन अभिनित फिल्म ‘ए मेरो हजुर ४’ वैशाख १ गतेबाट प्रदर्शनमा आउँदैछ ।

For More videos Log on to Mazzako TV