‘१२ औं डी सिने अवार्ड’ मा नेपाली नवल नेपाल निर्देशित फिल्म ‘मारुनी’ को वर्चस्व देखिएको छ । शनिबार धुलिखेलमा आयोजना भएको ‘१२ औं डी सिने अवार्ड’ मा फिल्म ‘मारुनी’ ले उत्कृष्ट फिल्मको अवार्ड समेत हत पार्याे ।

पूनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मबाट निर्देशक नवल नेपाल, नायक पुष्प खड्का, छायांकार संजय लामा, गायक कृष्ण काफ्ले, कथा लेखक गोविन्द फुयाँलले पनि अवार्ड जिते । अवार्ड ग्रहण गर्दै फिल्मकी निर्मात्री पूनम गौतमले भनिन्–‘राम्रो फिल्म बनाएको खण्डमा मुल्यांकन हुँदोरहेछ भन्ने महशुश भएको छ । आगामी दिनमा अझै उत्कृष्ट फिल्म बनाउने वाचा गर्दछु ।’


अवार्ड समारोहमा ‘छ माया छपक्कै’ फिल्मले ८ विधा र ‘साङ्लो’ले ६ विधामा अवार्ड जितेका थिए ।
कलाकार मोहन निरौला, निर्देशक राजेन्द्र उप्रेती, संगीतकार सन्तोष श्रेष्ठ र नायिका शोभिात सिंखडा अवार्डको जुरी थिए ।
नायिकातर्फ केकी अधिकारीले ‘छ माया छपक्कै’बाट अवार्ड जित्दै गर्दा जुरी अवार्डतर्फ यही चलचित्रबाट निर्देशक दीपेन्द्र लामाले अवार्ड जिते । पपुलर फिल्मको अवार्ड पनि ‘छ माया छपक्कै’को पोल्टामा गयो ।


कार्यक्रममा ‘लाइफटाइम लिजेन्ड्री अवार्ड’ नेपाली फिल्मकी पहिलो नायिका भूवन चन्दलाई प्रदान गरियो । नगद २५ हजार, सम्मान पत्र र दोसल्लासहित उनलाई अवार्ड प्रदान गरिएको थियो ।


छायाँछवि चलचित्रकर्मी रजत सम्मान अभिनेता विजय लामा र झरना थापालाई प्रदान गरियो । यस्तै, छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार रंग पत्रकार विष्णु सुवेदीलाई नगद १२ हजार २ सय २२ रुपैयाँसहित प्रदान गरियो ।
विभिन्न २७ विधामा प्रदान गरिएको अवार्डका विजेताहरुको नाम यसप्रकार छः
१. उत्कृष्ट पाश्व संगीत- एलिस कार्की -साङ्लो
२. उत्कृष्ट ध्वनीमिश्रण- अमित श्रेष्ठ -जात्रै जात्रा
३. उत्कृष्ट गीतकार- राजेन्द्र थापा – जुनको जुनेली -छ माया छपक्कै
४. उत्कृष्ट पाश्र्व गायिका- इतु जोजीजु – बिर्सन सकिन-मखमलीमखमली
५. उत्कृष्ट पाश्र्व गायक- कृष्ण काफ्ले – हाने मैले झटारो – मारुनी
६. उत्कृष्ट चलचित्रलोक संगीत संगीतकार- बसन्त थापा – जुनको जुनेली – छ माया छपक्कै
७. उत्कृष्ट संगीतकार- अर्जुन पोखरेल – सुन्यौ की सुनेनौ -लभ डायरीज
८. उत्कृष्ट नृत्य निर्देशक- कविराज गहतराज – एम जी रोडैमा – हजार जुनीसम्म
९. उत्कृष्ट द्वन्द्व निर्देशक-श्री श्रेष्ठ- साङलो
१०. उत्कृष्ट हाँस्यकलाकार- केदार प्रसाद घिमिरे- छ माया छपक्कै
११. उत्कृष्ट खलपात्र- प्रकाश शाह- साङ्लो
१२. उत्कृष्ट कथा- गोविन्द फूयांल- मारुनी
१३. उत्कृष्ट पटकथा- आशुतोष राज श्रेष्ठ- जाईरा
१४. उत्कृष्ट सम्वाद-रामबाबु गुुरुङ-उपेन्द्र सुब्बा-कबड्डी कबड्डी कबड्डी
१५. उत्कृष्ट नव–नायिका- रुवीना थापा-लभ डायरीज
१६. उत्कृष्ट नव–नायक- अंकीत शर्मा – रातो टीका निधारमा
१७. उत्कृष्ट नव–निर्देशक- विराज भट्ट- साङ्लो
१८. उत्कृष्ट चरित्र अभिनेत्री- मिथिला शर्मा- आमा
१९. उत्कृष्ट चरित्र अभिनेता-माओत्से गुरुङ- कबड्डी कबड्डी कबड्डी
२०. उत्कृष्ट सह–अभिनेत्री- स्वस्तीमा खड्का- हजार जुनीसम्म
२१. उत्कृष्ट सह–अभिनेता- जीतु नेपाल- छ माया छपक्कै
२२. उत्कृष्ट छायाँकार- सञ्जय लामा- मारुनी
२३. उत्कृष्ट सम्पादक- बिपिन मल्ल-छ माया छपक्कै
२४. उत्कृष्ट अभिनेत्री- केकी अधिकारी- छ माया छपक्कै
२५. उत्कृष्ट अभिनेता-पुष्प खड्का- मारुनी
२६. उत्कृष्ट निर्देशक- नवल नेपाल- मारुनी
२७. उत्कृष्ट फिल्म- मारुनी- पुनम इन्टरटेनमेन्ट प्रा.लि.
प्रोत्साहन अवार्ड-क्षितिज सुवेदी-वीर विक्रम २
साउण्ड एडिटर- किशोर आचार्य- सानो मन
भिएफएक्स आर्टिस्ट- समिर मियाँ- साङ्लो
वर्षको पपुलर गायिका- मिलन नेवार- चरीले काफल-साङ्लो
निर्देशक- दीपेन्द्र लामा- छ माया छपक्कै
पपुलर फिल्म-छ माया छपक्कै-रोहित अधिकारी फिल्म्स् एण्ड आमा सरस्वती मूभिज् प्रा.लि.

For More videos Log on to Mazzako TV