दिपक–दिपाको टिमको चलचित्रकर्मी कल्याण कोषलाई सहयोग (भिडियो)
दिपक–दिपाको टिम नेपाली सिने नगरीको सफल फिल्म मेकरमा पर्छन, बेला बेलामा बिभिन्न कन्ट्रोर्भीहरुमा फस्ने गरेपनि यो समुहले बनाएको सिनेमाहरु भने ब्लकबस्टर नै हुने गरेका छन् । यतिबेला छक्का पन्जा ४ को तयारी सकेर सुटिङ्ग फ्लोर ज्वाईन गर्ने क्रममा रहेको छ । सिनेमाले भने अब स्थानिय निकायको चुनावपछि फ्लोर ज्वाईन गर्ने बताईएको छ ।
फिल्म मेकिङ्गसँगै समाजसेवामा पनि अगाडी रहेको यो समुहले बेला बेला बिभिन्न क्षेत्रहरुमा आर्थिक सहयोग गर्दै आएको छ । यसैबीच दिपक दिपा सहित उनीहरुकै टिमका निर्माता रोहित अधिकारीले चलचित्रकर्मी कल्याण कोषलाई तीन लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

यि तीनै जना सिनेकर्मीहरुले आफ्नो ब्यक्तिगत तर्फबाट एक एक लाख गरेर चलचित्रकर्मी कल्याण कोषलाई हस्तान्तर गर्ने घोषणा गरेको कोषकी संयोजक तथा बरिष्ठ अभिनेत्री बसुन्धरा भुषालले जानकारी दिएकी छिन् ।
चलचित्रकर्मी कल्याण कोषमा हाल ५ करोड रुपैयाँ मौज्दात रहेको छ । सिने नगरीमा कोही कसैलाई गारो सारो अप्ठ्यारो पर्दा यो कोषले सहयोग गर्दै आएको छ । हालसालै पनि हाँस्यकलाकार पल्पसा डंगोललाई उपचारका लागि २ लाख कोषबाट दिईएको थियो भने अन्य रोगहरु जस्तो क्यान्सर लगायत भएका कलाकर्मीहरुलाई स्थ्तिी हेरिकन २ लाख देखि लिएर पाँच लाख सम्म दिन सक्ने ब्यबस्था कोषमा गरिएको छ । बिभिन्न फिल्मकर्मी र उपचारको आवश्यकता भएका वृद्धवृद्धालाई पनि यो कोषले सहयोग गरिरहेको छ ।
चलचित्रकर्मी कल्याण कोषकी सदस्य समेत रहेकी दिपाश्री निरौलाले आफ्नो दायित्व सम्झेर यही क्षेत्रको कमाईबाट आएको केही सानो रकम सहयोग गर्न लागेको बताउदै अन्य सहयोगी मनहरुले पनि कलाकर्मी कल्याण कोषमा सहयोग गर्न सक्ने बताएकी छिन् ।








