बर्षा राउतको लागि निर्देशक दिपेन्द्र के खनाल कत्तिको लक्की होलान् ?
उसो त बर्षा राउतले धेरै सिनेमा गरेकी छैनन् तर जति चलचित्र गरेकी छिन् काम राम्रो गरेकी छिन् । नाई नभन्नु ल ४ बाट नेपाली रजतपटमा पाईला चालेकी बर्षा राउतले छक्का पन्जा, जात्रा, मेरो पैसा खै, मिस्टर झोले, चौका दाऊ, गोपी, दाल भात तरकारी, जात्रै जात्रा लगायत चलचित्रहरुमा काम गरेकी छिन् । पछिल्लो समय भने बर्षालाई सिनेमामा भन्दा पनि म्युजिक भिडियोमा नै बढी ब्यस्त भएको देखिन्छ ।

उनले साईन गरेका केही सिनेमाहरु बन्दै बनेनन् । केहीमा उनलाई अरुले नै रिप्लेस गरे । बर्षालाई अब भने एउटै सिनेमाको आश छ, त्यो हो ‘के घर के डेरा’ । उसो त यो सिनेमाको एनाउन्समेन्ट प्रेस मिटमा बर्षा उपस्थित भईनन् तर पनि यो सिनेमामा उनी पहिल्यै फिक्स छिन् । यो घोषणा सिनेमाको लागि दोस्रो पटक गरिएको हो । दुई बर्ष अघि सिनेमा घोषणा गरेर फ्लोर ज्वाईन गर्ने बेलामा कोरोना आयो, सिनेमा रोकियो ।
पहिलो पटक घोषणा गर्दा सिनेमालाई सुब्रतराज आचार्यले निर्देशन गर्ने कुरा थियो तर अब दोस्रो पटकको घोषणामा भने निर्देशन नै चेन्ज गरिएको छ । यो सिनेमालाई अब दिपेन्द्र के खनालले निर्देशन गर्नेछन् । र दिपेन्द्रका सिनेमामा जो जो हिरोईनहरुले काम गरेका छन्, उनीहरु हिट नै भएका छन् । उनीहरुको हातमा कामको अभाव हुदैन ।
जस्तो दिपेन्द्रको सिनेमामा काम गरेपछि बर्षा शिवाकोटीको हातमा फिल्म नै फिल्म छ, यता नायिका सुरक्षा पन्तको पनि चर्चा सिने नगरीमा निकै नै छ, जस्ले दिपेन्द्रको सिनेमा ‘आमा’मा काम गरेकी थिईन भने दिपेन्द्रकै रिलिज हुन लागेको सिनेमा ‘चिसो मान्छे’ को टिजरमात्रै आउट हुदाँ पनि स्वस्तिमाको कामको धेरैले तारिफ गरेका छन् ।

स्वस्तिमाले यो सिनेमाबाट धेरैवटा अवार्ड उचाल्ने फिल्म पण्डितहरुले आँकलन गर्न थालिसकेका छन् । के अब निर्देशक दिपेन्द्र के खनाल नायिका बर्षा राउतका लागि पनि लक्की चार्म होलान त ? हेर्न बाँकी छ ।
बर्षालाई पनि यो सिनेमाबाट निकै ठुलो आश छ । किनकी उनले गर्ने भनिएको अर्को सिनेमा २ नम्बरीबाट भने उनी बाहिरिएकी छिन् । सिनेमामा उनको ठाँउमा उपासना सिंह ठकुरीलाई लिइएको छ । यो सिनेमा यतिबेला फ्लोरमा छ । २ नम्बरीमा बर्षा नअटाएपनि के घर के डेरामा भने बर्षा स्टील छिन् नै । यो सिनेमामा बर्षाले दयाहाङ्ग राई, बिपिन कार्की, रबिन्द्र झासँग स्क्रिन सेयर गर्नेछिन् ।
निकै राम्रो टिम, निकै राम्रा निर्देशनसँगको उनको टाईअपले कस्तो नतिजा निकाल्ने हो, त्यो भने हेर्न बाँकी छ । बर्षा राउतको निरन्तर ओरालो लागेको उनको सिने करियरलाई यो सिनेमा के घर के डेराले माथी उकास्ने धेरैको अनुमान छ । बर्षाको लागि दिपेन्द्र के खनाल कत्तिको लक्की सावित हुनेहुन हेर्न बाँकी छ ।








