‘दर्पणछायाँपछि फेरि’ निरुता, दिलीप र उत्तमसंगै (भिडियो)
चलचित्र ‘दर्पणछायाँपछि फेरि’ निर्माण हुने भएको छ । यो चलचित्र आज भन्दा २१ बर्ष अघि निर्माण भएको सिनेमा ‘दर्पण छायाँ’ को सिक्वेलको रुपमा बन्न लागेको सिनेमा हो । यसपाली यो सिनेमामा पुरानो दर्पण छाँयामा कथा जहाँ सकिएको थियो, अब कथा त्यहीबाट शुरु हुनेछ । यो सिनेमामा नायिका निरुता सिंह, दिलीप रायमाझी र उत्तम प्रधानको मुख्य भुमिका रहनेछ ।
फेरिपनि दर्शकले उनीहरुका प्रिय कलाकारहरु दिलीप, निरुता र उत्तमलाई राज, स्मृति र अभिषेक पात्रको रुपमा पर्दामा हेर्न पाउनेछन् । कम्प्लिट लभ स्टोरी जनरामा निर्माण हुन लागेको यो सिनेमालाई लिएर धेरै एक्स्पेक्टेसन दर्शकको हुने भएकाले पनि सिनेमालाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराखिने भनेर सिनेमाका निर्माता उत्तम प्रधान बताउछन् ।

यसपाली सिनेमालाई तुलसी घिमिरेले होईन कि कलाकार उत्तम प्रधानले आफै निर्देशन गर्दैछन् । निर्देशक तुलसी घिमिरेसँगको सरसल्लाहमा नै उत्तमले सिनेमा निर्देशन गर्न लागेका हुन् । यता तुलसी घिमिरे भने यही समयमा उनको चर्चित टेलिसिरियल ‘मुक्ति’ बनाउन लागि परेका छन् र रमाईलो कुरा त के छ भने मुक्ति सिरियलमा उत्तम प्रधान रहने पक्कापक्की भईसकेको छ ।
बन्न लागेको दर्पण छायाँ सिनेमाको स्क्रिप्ट फाईनल भएको छ । अब दशैंअघि सुटिङ्गमा निक्लने टिमको योजना रहेको बुझिन्छ । सिनेमाको तयारी गर्नका लागि सिक्किमबाट काठमाण्डौं आएर बिभिन्न भेटघाटमा यतिबेला उत्तम प्रधान निकै ब्यस्त देखिन्छन् ।

सिनेमाको कथा आफैले तयार पारेका उत्तमले उनको आफ्नै कम्पनी अक्रयुब फिल्मस्को ब्यानरमा यो सिनेमा निर्माण गर्दैछन् । २ करोड २५ लाखको बजेटमा निर्माण हुन लागेको यो सिनेमा दर्पणछायाँपछि फेरिको छायांकन काठमाण्डौं र सिक्किममा हुने जानकारी गराईएको छ । बन्न लागेको यो सिनेमा दर्पणछायापछि फेरि का लागि अन्य कलाकारहरुको छनौट भईरहेको भनेर पनि जानकारी गराईएको छ ।

त्यस्तै गरेर, यता निर्देशक तुलसी घिमिरे भने फेरिपनि एकपटक सानो पर्दातर्फ नै फर्किएका छन् । कुनै जमानाको चर्चित टेलिसिरियल मुक्ति उनी फेरि बनाँउदैछन् । मैले अघिपनि भने यसपाली मुक्तिमा मुख्य भुमिकामा उत्तम प्रधान हुनेछन् भने अन्य कलाकारहरुमा भने अरुण रेग्मी, जीतु नेपाल, मुकुन्द श्रेष्ठ लगायत रहेका छन् ।
अरु कलाकारहरुको पनि छनौट भईरहेको छ । तर यसपाली यो सिरियलमा पुरानो सिरियलकी क्वीन सरिता लामिछानेलाई भने देख्न पाईनेछैन । पारिवारीक कथाबस्तुमा बन्न लागेको यो सिरियल करिब १०० भागको बनाउने लक्ष्य राखिएको छ । यो टिभी सिरियल एपीवान एचडी बाट प्रसारण आउनेछ ।
For More videos Log on to Mazzako TV







