भुवन केसी काठमाण्डौंको मेयरमा उठ्दै (भिडियो)
अभिनेता भुवन केसी काठमाण्डौँ मेयरमा उठ्ने भएका छन् । केही बर्ष पहिले संविधान सभा निर्वाचनको बेला एमाले निकट उनी पार्टीले उनलाई क्षेत्र नम्बर १ को टिकट दिने दिने भनेर अन्त्यमा अर्कैलाई त्यहाँ उठाएपछि भुवन केसी जिल्ल परे । एमालेसँग उनको तिक्तता बढ्यो । पार्टीले कलाकारलाई चुनाव प्रचार प्रसारमा मात्रै प्रयोग गर्दारहेछन् भन्ने उनलाई लाग्यो ।
उनी त्यसपछि पनि चुनावमा उठ्ने अवसरको खोजीमा भने देखिईरहेका थिए । केही अघि उनी राप्रपामा प्रवेश गर्ने भन्ने ठुलो हल्ला समेत चलेको थियो तर अन्तत अब भने उनी नयाँ पार्टीका तर्फबाट काडमाण्डौंको मेयरको रुपमा उठ्ने भएका छन् ।

यसपटक नायक तथा निर्माता भुवन केसीलाई स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उठाउने निर्णय गरेको छ उन्नत लोकतन्त पार्टीले । उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष स्वागत नेपालले एक प्रेस बिज्ञप्ती जारी गर्दै भुवनलाई मेयरको रुपमा उठाउन लागेको जानकारी दिएका हुन् । त्यस्तै, पार्टीले काठमाडौं महानगरपालिकाको उपमेयर पदमा रेश्मा लामालाई उठाउने निर्णय गरेको छ । मेयर र उपमेयर पदका उम्मेदवारले निर्वाचनमा मतदातालाई प्रभावित गर्न एक रुपैयाँ पनि खर्च नगर्ने पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कला संस्कृतिका मूर्धन्य व्यक्तित्व, संसारका सबै देशका लागि सद्भावना राजदूत सरह रहनु भएका काठमाडौंका पुस्तैनी बासिन्दा, काठमाडौं महानगरपालिकाभित्रको सम्पदा, समस्या र सम्भावनाको राम्रो ज्ञान रहेका नेपाली चलचित्रका नायक भुवन केसीज्यूको उम्मेदवारीमा खुला किताब चुनाव चिन्हसहित निर्वाचनमा सहभागी हुने निर्णय गरिएको छ ।’ भनेर बिज्ञप्तीमा लेखिएको छ ।

यता भुवन केसी पनि काठमाण्डौंको मेयर पदका लागि उठ्ने कुराले निकै मख्ख देखिएका छन् तर स्थानिय तहको चुनावमा धेरै भेट ल्याएर जित्नु चानचुने कुरा भने होईन । फेरि यही रेशमा यतिबेला युवाहरुको ढुकढुकी बनिईरहेका इन्जिनियर तथा र्यापर बालेन शाह पनि काठमाण्डौंको मेयरको रुपमा उठ्ने तयारीमा छन् । अब हेर्न बाँकी छ कि काठमाण्डौंका जनताले कसलाई बिश्वास गर्छन र नयाँ मेयर बनाउछन् । त्यसका लागि भने आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचन सम्म कुर्नै पर्नेहुन्छ ।

उन्नत लोकतन्त पार्टीले भुवनलाई काठमाण्डौंको मेयरमा उठाउने तयारी मात्रै गरेको छैन, उनलाई पार्टीको परराष्ट्र बिगाको बिभागीय अध्यक्षको जिम्मेवारी समेत दिएको छ । नेपाली सिने नगरीमा आफ्नो छुट्टै स्थान बनाएका भुवन केसी, बेला बेला कन्ट्रोभर्सीहरुमा फसिईरहने भुवन केसीले राजनितीमा भने कस्तो स्थान बनाउलान हेर्न बाँकी छ ।








