‘लण्डट टु पेरिस’ मा साम्राज्ञी (भिडियो)
नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह सिनेमा ’लण्डन टु पेरिस’का लागि अनुबन्धित भएकी छिन् । यो सिनेमाको सुटिङ्ग बेलायत र फ्रान्समा हुने बताईएको छ । सिनेमालाई एबी इन्टरनेसनलले निर्माण गर्न लागेको हो । घनश्याम लामिछानेले निर्देशन गर्ने यो सिनेमामा साम्राज्ञीको अपोजिटमा को देखिदैछन् भन्ने बारेमा भने केही जानकारी गराईएको छैन । चाँडै सिनेमाका अन्य कलाकारहरु पनि फाईनल गरिने भन्ने जानकारी निर्माण टिमले गराएको छ ।

सिनेमाको छायांकन आगामी असारबाट शुरु गर्ने लक्ष्य राखिएको छ । सिनेमालाई अमित बस्नेत, अजित केआर थापा, परि राना, अंकित गौतम र सनिष खकुरेलले मिलेर बनाउन लागेका हुन् । ड्रिम्स’ बाट डेब्यू गर्दै ‘ए मेरो हजुर २, मंगलम्, कायरा, इन्टु मिन्टु लण्डमा, रातो टिका निधारमा, लगायत चलचित्रहरुमा काम गरेकी साम्राज्ञीको लागि पनि यो सिनेमा निकै फरक रहेको उनले बताएकी छिन् । बिशेषत सिनेमाको स्टोरीले उनलाई सिनेमा गर्न आकर्षित गरेको भनेर उनले प्रतिक्रिया दिएकी छिन् । साम्राज्ञीको ‘ह्यारीकी प्यारी’ सिनेमा प्रर्दशनको पर्खाईमा रहेको छ ।

अब लण्डन टु पेरिस बनाउन लागेको सिनेमा निर्माण कम्पनी एबी इन्टरनेसनलको कुरा गर्नु पर्दा यो निर्माण कम्पनीले अर्को सिनेमा पनि बनाउने भन्ने घोषणा गरेको छ, जसमा अनमोल केसी र सारा सिरपालीले अभिनय गर्ने पक्कापक्की भईसकेको छ ।
यो सिनेमाको पनि प्यारालाल्ली सुटिङ्ग अगाडी बढाईने भनेर जानकारी गराईएको छ । यही समूहले बनाएको ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको पर्खाइमा छ । पूजा शर्मा, आकाश श्रेष्ठको अभिनय रहेको यो फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । एबी इन्टरनेसनलले विदेशी फिल्मको वितरणको काम पनि गरिरहेको छ । यही समूहले अक्षयकुमारको ‘बच्चन पाण्डे’ वितरण गरेको थियो ।








