कर्माको ‘षट्कोण’ टिजरले के भन्छ ? (भिडियो)
कर्मा र भोला राज सापकोटाको मुख्य भूमिका रहेको फिल्म ‘षट्कोण’ को टिजर सार्वजनिक गरिएको छ । साइकोलोजिक थ्रिलर जनरामा निर्माण भएको फिल्मकोे टिजरले दर्शको ध्यान तान्न सक्छ ।
सार्वजनिक टिजरमा कर्मा एक मर्डर मिस्ट्रीको खोजीमा लागेको पत्रकारको भुमिकामा दखिएका छन् । फिल्मलाई मिलन डि काप्रिले निर्देशक गरेका हुन् । यो उनको डेव्यु निर्देशन रहेको फिल्म हो । सार्वजनिक टिजरबाट उनले निर्देशनमा राम्रो सम्भावना देखाएका छन् ।

क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म आगामी बैशाख २३ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शन हुनेछ । कोरोना महामारी अगाडी नै निर्माण भएको सिनेमाको सम्पुर्ण काम सकेर प्रदर्शनको पालो कुरेर बसेकाले अहिले समय उत्तम लागेकाले रिलिजको लागि तयार भएको निर्माण टिमको भनाई छ ।
फिल्ममा कर्मा र भोलाराज सापकोटाका अलवा लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेमको अभिनय रहेको छ । शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको सिनेमाको संवाद महेश दवाडीले लेखेका हुन् ।
फिल्ममा आङ्छेन लामाको छायांकन, सागर खनाल र निर्देशक मिलन डि काप्रिले सम्पादन छ । क्लेमेन्टाइन प्रोडक्सनको युट्युब च्यानलबाट टिजर रिलिज गरिएको सिनेमालाई वितरण जिम्मा आरआर फिल्मस्ले लिएको छ ।








