‘के घर के डेरा’ लाई दिपेन्द्र के खनालले निर्देशन गर्ने
दुई वर्ष अगाडि घोषणा भएको फिल्म ‘के घर के डेरा’ अब भने निर्माण हुने भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्ममा निर्देशकको रुपमा दिपेन्द्र के खनालको रहने जानकारी गराइयो । यसअभि निर्देशक सुव्रतराज आचार्यले फिल्मको निर्देशन गर्ने फाइनल भैसकेको थियो ।

बैशाख अन्तिम साताबाट फिल्मको छायांकन सुरु हुनेछ । निर्देशक परिवर्तन भएपनि फिल्ममा मुख्य कलाकारहरु भने यथावत छन् । ‘के घर के डेरा’मा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत र रविन्द्र झाको प्रमुक पात्रको रुपमा छन् ।

ए प्लस इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मको निर्मातामा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन छन् भने कार्यकारी निर्मातामा युवराज कार्की छन् । दीर्घ गुरुङले खिच्ने फिल्मको कथा सिंगो लामाको हो भने पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन् । पैँतिस वर्ष अगाडि प्रदीप रिमाल निर्देशित फिल्म ‘के घर के डेरा’ को नाम सापटी लिएर फिल्म बन्न लागेको हो ।








