यहि २०७९ साल बैशाख २३ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शन हुने फिल्म ‘लक्का जवान’ को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै कमेडीले भरिएको टे«लर सार्वजनिक गरिएको हो ।

हाँस्य कलाकार शिवहरि पौड्यालको निर्देशनमा बनेको फिल्मको ट्रेलरमा कमेडी धारमा सामाजिक विषयवस्तु समावेस सहित रोना–धोनालाई पनि समेटिएको छ । फिल्ममा मदनकृष्ण श्रेष्ठ, किरण केसी, सरोज खनाल, सुशील पोखरेल, शिवहरी पौडेल, दीलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, वर्षा सिवाकोटी, सुरेन्द्र केसी, स्व. जयनन्द लामा, अन्सुया श्रेष्ठ, अन्जु महर्जन, नरेन्द्र कंशाकार, देशभक्त खनाल लगायतको अभिनय रहेको छ ।

यस फिल्मको कथा, पटकथा तथा संवाद र निर्देशक पौडेल स्वयंको छ । अन्सुया श्रेष्ठ निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा किरण केसी, शिवहरी पौडेल र दीलिप रायमाझी छन् । साथै, फिल्मको सह–निर्मातामा सुशील अर्याल, डेजी अर्याल, राजाराम पौडेल, राज केसी, सुरेन्द्र केसी र दीपेन्द्र खनियाँ रहेका छन् ।

पुरुषोत्तम प्रधानले खिचेको फिल्मलाई मित्र डि गुरुङले सम्पादन गरेका हुन् । फिल्मका गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । ‘लक्का जवान’ यसअघि २०७६ सालको चैत २१ गते प्रदर्शनमा आउने तयारीमा थियो । प्रदर्शनलाई मध्यनजर गर्दै निर्माण टिमले दुईवटा गीत समेत सार्वजनिक गरेको थियो । तर, कोरोना महामारी फैलिएपछि फिल्म प्रदर्शनमा आउन सकेको थिएन् । कोरोना संक्रमणका कारण निर्माण सकिएको तीन वर्षपछि फिल्म प्रदर्शनमा आउन लागेको हो ।

For More videos Log on to Mazzako TV