फिल्म ‘फिल्म सिटामोल’ बन्ने भएको छ । यो सिनेमामा सौगात मल्ल र बेनिशा हमाल देखा पर्दैछन् । यि दुईले यसअघि झ्यानाकुटी नामको चलचित्रमा काम गरेका थिए । सो सिनेमामा यि दुईको केमेष्ट्रीलाई निकै रुचाईएको थियो । अब फेरि सौगात र बेनिशा फेरिपनि नयाँ सिनेमा, सिटामोलको साथमा आँउदैछन् ।

सौगात र बेनिशाको केमेष्ट्रीलाई निकै रुचाईएको थियो सिनेमा झ्यानाकुटीमा, र सुन्नमा त के पनि आएको थियो भने, यो सिनेमा झ्यानाकुटीको सिक्वेलको रुपमा झ्यानाकुटी २ पनि बन्नेछ । तर, झ्यानाकुटी २ बन्ने नबन्ने अन्यौल नै रहिरकेको बेला यि दुई अर्थात सौगात र बेनिशालाई भने अब सिटामोलमा जोडीको रुपमा देखिने भएको छ ।

यो सिनेमाको छायांकन आगामी जेठको अन्तिम साताबाट गर्ने तयारी रहेको बुझिएको छ । सौगात मल्लले २ नम्बरी चलचित्रको छायांकन सकेपछि सौगातले सिटामोलका लागि समय निकाल्नेछन् । निकै अघि नै फ्लोर ज्वाईन गर्ने तयारी गरिएको यो सिनेमालाई कोरोनाले असर गरेको थियो ।

चलचित्र सिटामोललाई राजबहादुर सानेले निर्देशन गर्न लागेका हुन् । सानेले यसअघि बृन्दावन, बीरंगना, डोली, गुडफ्रेन्ड लगायतका चलचित्रहरुको निर्देशन गरिसकेका छन् । निर्देशकका अनुसार यो सिनेमाले सामाजको बास्तविक घट्नालाई नै देखाउन खोजेको छ ।

यो सामाजिक बिषयबस्तु माथीको सिनेमा हो, हरेक मानिसको जीवनमा बिभिन्न पिडाहरु हुन्छ, हो, त्यही पिडालाई निको पार्ने दबाई हो सिटामोल सिनेमा, निर्देशक बडो आत्मविश्वासको साथ भन्छन् । चलचित्र सिटामोललाई निर्देशक राजबहादुर साने आफैले लेखेका हुन् भने सिनेमाको पटकथा प्रदीप भारद्वाजले तयार पारेका हुन् ।

For More videos Log on to Mazzako TV