शुक्रबारदेखि अलनेपाल प्रदर्शनमा आएको फिल्म ‘हेल्लो जिन्दगी’ ले दर्शक तथा चलचित्रकर्मीबाट उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेको छ । शुक्रबार ललीतपुरको लबिम मलमा ‘हेल्लो जिन्दगी’ हेरेपछि बरिष्ट अभिनेता मदन कृष्ण श्रेष्ठले आफूलाई फिल्म निकै मन परेको प्रक्रिया दिए ।

‘फिल्म एक्दम मज्जा लाग्यो, कतै नअल्झीकन सरर कथा बगेको छ । बिदेशमा बस्नेहरुको समस्या पनि देखाइएको छ,’ उनले भने,‘कतिपय फिल्म राम्रो नलागे पनि राम्रो भन्दिनु पर्ने हुन्छ । तर यो फिल्म वास्तबमै राम्रो छ । कतै ध्यान नदिइ हेरें । सबैलाई हेर्न आग्रह गर्दछु ।’ उनले फिल्मले मनोरञ्जनका साथै मिठो सन्देश पनि प्रावाह गरेको बताए ।

अर्का अभिनेता रबिन्द्र झालाई पनि ‘हेल्लो जिन्दगी’ मन परेछ । उनले फिल्ममा सत्य घटनालाई प्रस्तुत गरिएकाले सबैले हेर्नुपर्ने बताए । ‘फिल्मको कथा,निर्देशन, कलाकारको अभिनय सबैले मन छोयो,’ उनले भने, ‘फिल्म बहुतै दाम्मी लाग्यो । यही बसेर सरर लण्डन घुमेको महसुस हुन्छ ।’

गायक तथा संगीतकार यमन श्रेष्ठले पनि फिल्म निकै मन परेको बताए । ‘फिल्मले सुुरुदेखि नै ‘होल्ड’ गर्छ । फिल्मको हरेक पक्ष राम्रो लाग्यो । सस्पेन्स, ट्विस्टहरु एकदम ठिक ठाउँमा छन् । फिल्मले मनोरञ्जन मात्र नभइ सन्देश पनि दिन्छ ।’ उनले भने । अर्का अभिनेता तथा डा. समीर दीक्षितले पनि ‘हेल्लो जिन्दगी’ को तारिफ गरे । ‘फिल्म बहुत मन पर्यो । एकदम स्ट्याण्डर लाग्यो ।

सबैलाई मन पर्ने फिल्म बनेको रैछ । सम्पूर्ण टिमलाई शुभकामना ब्यक्त गर्दछु ।’ दर्शकसँगै बसेर फिल्म हेर्दा निकै आन्नद लागेको निर्देशक एभरेष्ट सूर्य बोहराले बताए । ‘जति पनि दर्शकले फिल्म हेर्नु भएको छ, सबैले एक्दम तारिफ गर्नुभएको छ । यही नै हाम्रो सफलता हो ।’

अभिनेता बिक्रम डि जोशीले दर्शक तथा चलचित्रकर्मीले आफ्नो फिल्म मन पराएकोमा खुशी ब्यक्त गरे । ‘हेरे जति सबैले फिल्म मन परेको बताउछु भएको छ । कतिपयले त पूरै फिल्म आफ्नो वास्तविक जिन्दगीसँग ठ्याक्कै मेल खाएको प्रतिक्रिया पनि दिनु भएको छ । उहाँहरुको कुराले म उत्साहीत छु ।’

For More videos Log on to Mazzako TV