पल शाह र प्रकृति श्रेष्ठ छन् ट्रेन्डिङ्गमा (भिडियो)
नायक पल शाह र नायिका प्रकृति श्रेष्ठ अभिनति ‘झम्के साँझ’ म्युजिक भिडियो हेर्नुभएको छ होला । यो गीत युट्युबको ट्रेन्डिङ्गको दोस्रो नम्बरमा पर्न सफल भएको छ । गीत रिलिज भएको ६ दिनमा गीतलाई दुई मिलियन बढी भ्युज मिलेको छ । यो गीत सुन्दा जति रमाईलो छ हेर्दा पनि उत्तिकै आँखालाई आनन्द दिने खालको रहेको छ ।

गायक सुनिल गीरी र सुनिता तिम्सिनाको आवाजमा रहेको यो गीतलाई गायक स्वयंको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । गीतमा शब्द संगीत स्वयंं सुनिल गिरीको रहेको छ । खासमा सुनिललाई पल शाहसँगको कामले सधै राम्रो नतिजा दिने गरेको छ, यता पल शाहको लागि पनि सुनिल निकै लक्की छन् । भलै पल यतिबेला उनको जीवनकै सबैभन्दा कठिन मोडमा छन्, तर पनि उनका म्युजिक भिडियोका कामहरुलाई भने दर्शकले रुचाईरहेका छन् ।
गायक सुनिल गिरीको सुपरहिट गीत ‘को होला त्यो’बाट मोडल पल शाह म्युजिक भिडियोको दुनियाँमा छाए । यो गीतको भिडियोमा काम गरेपछि पलले पछाडी फर्केर हेर्नु परेन। तर, यही विचमा एक नाबालिकाले बलात्कारको मुद्दामा उजुरी दिएपछि पल थुनामा छन् । पलको मुद्दा अदालतमा चलिरहेको छ । पलले उच्च अदालत पोखरामा पुनरावेदन निवेदन समेत दिएका छन् ।

गायक सुनिल गिरीले पललाई सम्झदै उनैलाई समर्पण गर्दै पाँच दिन अघि सार्वजनि गरेको यो गीति भिडियोले दर्शकको निकै साथ पाईरहेको छ । दिपेन्द्र तिमल्सिनाले निर्देशन गरेको यो गीति भिडियोमा अर्जुन तिवारीको छायांकन र मनोज कार्कीको सम्पादन रहेको छ । ट्रेन्डिङ्ग नम्बर २ मा पर्न सफल भएको छ यतिबेला यो गीत । गायक सुनिल गिरीले पल शाह नफर्किएसम्म आफूले ‘को होला त्यो’ बोलको गीतको सिरिज नबनाउने भनेर पनि बताएका छन् । अन्य गीतहरुको काम अगाडि बढाएपनि यो गीतको सिरिजका लागि पललाई नै कुर्ने भनेर उनले बताएका छन् । तर पल कहिले रिहा होलान, त्यो बिषयमा भने केही भन्न सक्ने अवस्था छैन् ।








