हत्या घट्नाको छानविन गर्दै कर्मा, छन् यतिबेला उनी ’षटकोण’ कै भरमा
भर्सटायल अभिनेता कर्माले अभिनय गरेको सिनेमा ’षटकोण’ले प्रर्दशनको मिति सार्वजनिक गरेको छ । साईकोलोजिकल थ्रिलर सिनेमा षटकोणको बुधबार पोष्टर सार्वजनिक गर्दै सिनेमा प्रर्दशनको मिति बैशाख २३ गतेलाई फाईनल गरिएको हो ।
सोही डेटमा ’लक्का जवान’ नामको सिनेमा पनि प्रर्दशनमा आँउदैछ । ’लक्का जवान’ सिनेमामा दिलीप रायमाझी, प्रियंका कार्की, बर्षा शिवाकोटी, सलोन बस्नेत लगायत कलाकारहरुले अभिनय गरेका छन् ।

यता, षटकोणको सार्वजनिक गरिएको पोष्टरमा सिनेमाका मुख्य कलाकार कर्मालाई प्रस्तुत गरिएको छ । फिल्ममा कर्माले एउटा हत्याको घटनालाई खोजी गर्ने पत्रकारको भूमिका निर्वाह गरेका छन् । काठमाडौं र मकवानपुरको भीमफेदीमा फिल्म छायांकन भएको हो । यो सिनेमामा कर्माका अलावा भोलाराज सापकोटा, लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बू वानेमको अभिनय रहेको छ । शिशिर लिम्बू वानेमको कथा तथा पटकथा रहेको सिनेमाको संवाद महेश दवाडीले लेखेका हुन् ।
क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमा निर्देशक मिलन डि काप्री हुन् । उनले यही सिनेमाबाट निर्देशनमा डेव्यू गर्दैछन् । कोरोना महामारी अगाडि नै निर्माण भएको यो सिनेमा षटकोणको सम्पुर्ण काम सकेर अब भने हलमा रिलजको लागि रेडी भएको छ ।
सिनेमामा आङ्चेन लामाको छायांकन, सागर खनाल र निर्देशक मिलन डि काप्रीले सम्पादन छ । यो सिनेमालाई वितरणको जिम्मा आरआर फिल्मस्ले लिएको छ । यतिबेला फिल्मको वितरण अधिकार लिने दौडमा यो कम्पनी अगाडि देखिएको छ । यसले ‘लाखे’, ‘कृष्ण लीला’ लगायतका फिल्महरुको वितरण अधिकार लिइसकेको छ ।








