अनमोलले किन भेटे सिएनएन हिरो अनुराधा कोईरालालाई ? (भिडियो)
युवास्टार अनमोल केसी अभिनित चलचित्र ए मेरो हजुर ४ प्रर्दशनको संघारमा छ । बैशाख १ गतेदेखि यो सिनेमाले प्रर्दशन आरम्भ गर्दैछ, त्यसैलाई मध्यनजर गरेर अनमोल यतिबेला सिनेमा प्रचारप्रसारमा मज्जाले नै लागेका छन् । बैशाख १ गते ३ बिदेशी चलचित्रसँग पनि यो सिनेमाले भिड्नु परेका कारणले गर्दा पनि हलमा टकराब निकै गतिलो नै हुने देखिन्छ, यसै पनि केजिएफ च्याप्टर २ लाई लिएर दर्शकहरु निकै आतुर भईरहेको बेला अनमोल र अनमोलको सिनेमा ए मेरो हजुर ४ लाई यसले निकै असर पार्न सक्ने देखिन्छ । भने, यता अनमोल र उनको टिमलाई ए मेरो हजुर ४ चल्नैपर्ने बाध्यता पनि छ ।

कोरोना कहरका कारण दुई बर्ष बढी ठप्प रहेको नेपाली सिने उद्योगलाई अनमोलको सिनेमाले चलायमान नबनाए कस्को सिनेमाले बनाउँछत ? भन्ने किसिका प्रश्नहरु प्नि आईरहेका छन्, भने अनमोल आफ्नै सिने करियरको लागि यो सिनेमा चल्नुपर्ने बाध्यता छ ।
प्रर्दशन मिति नजिकिदै गर्दा अनमोल केसी सिनेमाको प्रचार प्रसारकै क्रममा आफ्ना पिता भुवन केसीसँग माईती नेपाल पुगेका छन् । अनमोलले आज माइती नेपाल गएर त्यहाँका बच्चाहरुसँग भलाकुसारी मात्रै गरेनन्, मज्जाले फोटोसेसन पनि गरे ।
माईती नेपालकी अध्यक्ष अनुराधा कोईरालासँगपनि उनले सिनेमा र अन्य बिषयमा कुराकानी गरेका छन् । अनमोललाई माईती नेपाल पुगेर निकै खुशी लागेको उनले बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले माईती नेपालका विद्यार्थीसँगको भेटघाट तथा अन्तक्र्रियालाई ‘सुन्दर मनसँग सुन्दर पल’ भनि अथ्र्याएका छन् । माईती नेपालका बच्चाहरुले अनमोललाई आफ्नो सामु देख्दा निकै एक्साईटेड भए, उनीहरुले अनमोल केसीको सिनेमाको गीतपनि प्रस्तुत गरेका थिए । अनमोलले सिएनएन हिरो अनुराधा कोइरालासँगको भेटले आफुलाई खुशी लागेको भनि बताउछन् ।
झरना थापा निर्देशित सिनेमा ए मेरो हजुर ४ यही बैशाख १ गतेबाट रिलिज हुदैछ । अघिल्लो पल्ट झै यसपाली पनि यो सिनेमामा अनमोल केसीको जोडीको रुपमा झरना पुत्री सुहाना थापालाई देख्न सकिन्छ भने साथमा सलोन बस्नेत त छदै नै छन् । सिनेमालाई झरनाका श्रीमान् निर्मात सुनिल कुमार थापाले बनाएका हुन् ।
चलचित्र ए मेरो हजुर ४ मा झरना थापा र छेतेन गुरुङ्गको कथा रहेको छ । चलचित्रमा बसन्त सापकोटा, कल्याण सिंह, आशिष अविरल, प्रीतक पौडेल लगायतको संगीत रहेको छ । यो चलचित्रलाई संजय लामाले खिचेका हुन् । सिनेमामा कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । सिनेमामा हिमाल केसीको फाईट डाईरेक्सन रहेको छ ।
बैशाख १ गतेबाट धुमधडाकको साथमा सार्वजनिक प्रर्दशनमा आउन लागेको सिनेमा ए मेरो हजुर ४ लाई मज्जाको टिभीको तर्फबाट मज्जाको शुभकामना ।








